आज आइतवारको राशिफल !

वि.सं. २०७७ जेठ ११। आइतवार। इ.स. २०२० मे २४। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वितीया, २४:१९ उप्रान्त तृतीया।

मेष Aries – काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन।

वृष Taurus – पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।

मिथुन Gemini – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

कर्कट Cancer – व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

सिंह Leo – विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।

कन्या Virgo – पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

तुला Libra – पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ।

वृश्चिक Scorpio – ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबीच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्नेछ।

धनु Sagittarius – पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ।

मकर Capricorn – सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन । सहयोगीहरूले काममा साथ दिनेछन । ब्यापार ब्यबसायबाट राम्रै फाइदाको योग छ।

कुम्भ Aquarius – विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन Pisces – नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।