अमेरिकी राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

२०७७ भाद्र २४, बुधबार १९:१४ गते २०७७ भाद्र २४, बुधबार १९:१४ गते २०७७ भाद्र २४, बुधबार १९:१४ गते

काठमाडौं । सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित भएका छन् । उनले इजरायल र यूएईको बीचको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरे बापत नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो । नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन पठाएको अमेरिकी समाचार संस्थाले जनाएको छ ।यसअघि सन् २०१८ मा पनि उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएकोमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको थियो । तर, उनले जित्न भने सकेका थिएनन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *