काठमाडौं १० माघ| अमिर दोङको निर्देशनमा ´रेवन चस्मा` नामक तामाङ सेलो र्याप गित सार्वजनिक भएको छ। याङ्साङ सङदुप कुवाङ तामाङ ( YSk) ग्रुपको
शब्द संगित एवम् स्वर रहेको यस गितमा YSk ग्रुप शशिकला मोक्तान र अमिर दोङको मुख्य अभिनय रहेको छ भने निरन्जली लामा,रन्जिता लामा,पुसन लामा,अनुष्का दोङ,कंचन लामा,दुधराज तामाङ,राज तामाङ कुलधोज तामाङ लगाएतको कलाकारको समेत अभिनय देख्न सकिन्छ ।
कृष्ण बोलनको कोरियोग्राफी,संकल भुजेलको छायांकन छ भने दीर्घ खडकाको सम्पादन एवम् रंग सम्पादन राजेन्द्र मोक्तानले गरेका हुन् । मुलकोट,सिन्धुली र काठमाडौंको रमणिय स्थलहरु छायांकन गरिएको उक्त गित तामाङ सेलो गित मध्ये कै अहिलेसम्म कै महंगो बजेटमा निर्माण गरिएको सो गितको भिडियो पनि आकर्षक बनेको छ। तामाङ भाषिक गितसंगितको क्षेत्रमा हेलिकप्टरको प्रयोग म्युजिक भिडियोमा पहिलो चोटि देख्न दकिन्छ। हेर्नुहोस् गितको पूरा भिडियो…..
Views: 0