एक पछि अर्काे विरामी बढ्दै, फेरि यी कलाकारलाई क्यान्सर

२०७५ आश्विन १८, बिहीबार १३:१४ गते २०७५ आश्विन १८, बिहीबार १३:१४ गते २०७५ आश्विन १८, बिहीबार १३:१४ गते

एक पछि अर्काे विरामी बढ्दै, फेरि यी कलाकारलाई क्यान्सरकेही दिनअघि आमा कृष्णा राज कपूरको मृत्युमा उपस्थित हुन नसकेका ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ ।ऋषि कपूर आमाको निधन हुनु केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए । ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य उपचारका लागि अमेरिका गएको र उपचार गरेर छिट्ट फर्कने भएकाले आफ्ना शुभ चिन्तकलाई चिन्ता नलिन आग्रह गरेका थिए ।

अहिले सार्वजनिक खबरहरुका अनुसार बलिउड अभिनेता इरफान खान र अभिनेत्री सोनाली बेन्द्रेपछि ऋषि कपूरलाई पनि क्यान्सर रोग लागेको कुरा सार्वजनिक भएको छ । ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् ।

ऋषि कपूर अभिनेत्री जुही चावलाका साथ एक फिल्मको छायाँकंनको काम गरिरहेका थिए तर अहिले उक्त छायाँकंनको काम पनि रोकिदिएका छन् ।

अक्टुबर १ मा राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएपछि सबैले ऋषि कपूर पनि अमेरिकाबाट परिवारसहित अन्तिम संस्कारका लागि उपस्थित होलान् भन्ने अनुमान लगाएका थिए ।

तर ऋषि कपूर र उनको परिवार उपस्थित नभएपछि ऋषि कपूरलाई कुनै गम्भीर रोग लागेको हुनसक्ने अड्कल लगाइएको थियो । अन्तयमा त्यो सत्य नै सावित भएको छ । भर्खरै कृष्णा राज कपूरको निधनको शोकमा डुबेको कपूर परिवारमा फेरि अर्को दुःख थपिएको छ ।
mechikalikhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *