सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ असई

२०७५ आश्विन १९, शुक्रबार ०५:१० गते २०७५ आश्विन १९, शुक्रबार ०५:१० गते २०७५ आश्विन १९, शुक्रबार ०५:१० गते

सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ असईअसोज १९, २०७५ काठमाडौं : सशस्त्र प्रहरीले विभिन्न अधिकृतहरुमा भर्नाका लागि आव्हान गरेको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकको मानव श्रोत विभाग, तालिम निर्देशनालय, भर्ना तथा छनोट शाखाले ४३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र २३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को माग गरेको हो। यसका लागि आज (शुक्रबार)बाट कार्तिक १८ गते साँझ पाँच बजेसम्म दरखास्त दिन सकिने छ। प्रहरी निरीक्षकका लागि स्नातक वा सो सरहको उपाधि प्राप्त गरेका र २५ वर्ष ननाधेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि प्रविणता प्रमाणपत्र उर्तिण हुनुको साथै २३ वर्ष ननाघेको हुनुपर्ने छ।

त्यस्तै दरखास्तका लागि प्रहरी प्रधानकार्यालय हलचोक, पकली बाहिनी सुनसरी, बर्दिबास बाहिनी बर्दिबास, भण्डारा बाहिनी चितवन, पोखरा बाहिनी कास्की, चन्दौटा बाहिनी कपिलबस्तु, बांगेसिमल बाहिनी सुखेत र अत्तरिया बाहिनी कैलालीबाट दरखास्त दिन सकिने छthahakhabar.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *