‘हाम्रो कालापानी’ बोलको गीत भिडियो सार्वजनिक

२०७७ फाल्गुन १८, मंगलवार १२:५४ गते २०७७ फाल्गुन १८, मंगलवार १२:५४ गते २०७७ फाल्गुन १८, मंगलवार १२:५४ गते

काठमाडौं, १८ फागुन : गायिका शोभा न्यौपानेको आवाजमा रहेको राष्ट्रिय भावनाले ओत प्रोत ‘हाम्रो कालापानी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । डा. बिन्दा पाण्डेको शब्द रचना रहेको गीतमा संगीत सुरज अधिकारीको रहेको छ ।२०५७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर केहि गीत रेकर्ड गरेकी गायिका शोभा बैंकिंग क्षेत्रमा काम गर्दै थोरै समय निकालेर गीत संगीतमा पनि केहि गर्ने सोचका साथ अघि बढी रहेकी छिन् । धेरै समयको अन्तरमा यो राष्ट्रिय भावनाको गीत सार्वजनिक गरेकी गायिका यस गीतलाई सम्पूर्ण नेपालीले मन पराउनेमा बिस्वस्त छिन् ।सृजना काफ्लेको कन्सेप्टमा बनेको गीतको भिडियोलाई प्रदिप सिंह थापाले निर्देशन गरेका छन् । राम केसीले छायाँकन गरेको भिडियोमा निराजन केसीको सम्पादन र धुर्बराज पराजुलीको रङ्ग संयोजन रहेको छ|

भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने (भट्टराई), कृषा न्यौपाने (भट्टराई) र स्वराज अधिकारीको फिचर्ड छ । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ|

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *