योजना कार्यान्वय गर्दा मन्त्रीहरुले विज्ञहरुसँग सुझाब लिएर मात्रै काम गर्नुस् : माधव कुमार नेपाल

२०७५ आश्विन २०, शनिबार १५:४० गते २०७५ आश्विन २०, शनिबार १५:४० गते २०७५ आश्विन २०, शनिबार १५:४० गते

२० आश्विन २०७५, शनिवार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा रहेका मन्त्रीहरुले बिज्ञहरुसँग सुझाव लिएर काम गर्नुपर्ने सुझाब दिएका हुन्

राष्ट्रिय आर्थिक मासिकले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कुनै पनि योजना कार्यान्वय गर्दा पूर्वमन्त्री, कर्मचारी र बिज्ञहरुसँग सुझाव लिनुपर्ने बताएका हुन् । नेता नेपालले लामो समयसम्म पनि आयोजना पुरा नहुनु दुर्भाग्य भएको टिप्पणी गरे हुन्।

समयमा नै पुल, सडक निर्माण नहुदा भ्रष्टाचार मौलाउने खतरा रहेको उनको भनाई छ । उनले सरकारको कामले पनि गति लिनुपर्ने धारणा राखे । उनले बिभिन्न बहानमा वन फडानी भईरहेको भन्दै बिकास निर्माण र पर्यावरणीय क्षेत्रमा समन्वय हुनुपर्ने उल्लेख गरे ।

उनले तल्लो तहले कुनैपनि आयोजना निर्माण गर्दा आफुभन्दा माथिल्लो निकायसँग छलफल गरेर मात्र काम सुरु गर्नुपर्ने पनि बताए । उनले अब सबैको ध्यान जनतासंग प्रत्यक्ष सरोकार राख्ने काममा केन्द्रित गर्नुपर्ने जिकिर गरे ।

nepal.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *