काठमाडौं, :२१ फागुन कडा सुरक्षाबीच रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले बिहानैदेखि नाराबाजी गरिरहेका छन्।आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले पौडेलको गाडीमाथि ढुंगा प्रहार गरेका हुन्। अहिले कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

स्थानीयको विरोधका बीच अर्थमन्त्री पौडेलले औद्यागिक क्षेत्र शिलान्यास गरेका छन्। यसअघि बिहीबार औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च स्थानीय असन्तुष्ट पक्षले भत्काइ दिएका थिए।औद्योगिक क्षेत्र बनाउनुअघि स्थानीयको समस्या समाधान गर्न उनीहरुले माग गर्दै आएका थिए। आजै अर्थमन्त्री पौडेलले डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *