पुर्णतारा’ फाउडेशन नेपालको पहिलो शाखा काठमाडौ समुद्वघाटन

२०७७ चैत्र ३१, मंगलवार ०२:५७ गते २०७७ चैत्र ३१, मंगलवार ०२:५७ गते २०७७ चैत्र ३१, मंगलवार ०२:५७ गते

काठमाडौं । सामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायले आफ्नो ४४ औ जन्मदिनबाट समाज सेवाको लागि सहज होस भनेर श्रीमान पुर्ण र आफ्नो नामलाई जोडेर स्थापना भएको ‘पुर्णतारा’ फाउडेशन नेपालको पहिलो शाखा काठमाडौ समुद्वघाटन गरियो । समाजमा केही गरौ भन्ने सामाजिक कार्य गर्ने रोकायले पाँच लाख ५ हजार ५ सय ५५ रुपैया धनराशीको अक्षयकोष खडा गरि अक्षयकोषमार्फत सामाजिक कार्य गदै आएको थिईन ।

अक्षकोषको ब्याजले प्रत्येक वर्ष गरिब,अनाथ, असाय, शिक्षाबाट बञ्चित बालबालिकाका लागि खर्च गरिदै आएको छ। काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा अफिस रहने गरि सामाजिक अभियान्ता जयकला बस्नेतको अध्यक्षमा नयाँ शाखा गठन गरिएको छ।फाउन्डेसनको शाखा कार्यलय को आज कागेश्वरी मनहरा नगरपालिका मेयर हरि कृष्ण थापाले औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरे । कार्यक्रममा फाउन्डेसन का केन्द्रीय अध्यक्ष ताराकुमारी खत्री रोकाय,कावा वडा अध्यक्ष अस्ट लाल श्रेष्ठ ,सामाजिक अभियान्ता शिव अधिकारी ,पशुपति दाहाल लगाएत ले शुभकामना राखेका थिए।

कार्यक्रममा फाउन्डेसनले आजिवन सदस्य सुर्य प्रसाद डोटेल,देबकुमारी बस्नेत र नैत्र कुमारी भट्टराईलाई सम्मान गरेको छ। कार्यक्रममा संस्थाको सचिव पुस्प राज शाहीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।यस्तो छ कार्य समिति :

  • जयकला बस्नेत अध्यक्ष
  • दिपक बहादुर बुढा उपाध्यक्ष
  • पुस्प राज शाही सचिव
  • सुनिता भट्टराई सह-सचिव
  • उदय कुमार थापा कोषाध्यक्ष
  • सीता नेपाल शर्मा सदस्य
  • निशा पोखरेल ”
  • रमेश डोटेल ”
  • सरोज शर्मा ”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *