सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०७८ बैशाख ४, शनिबार २१:३५ गते २०७८ बैशाख ४, शनिबार २१:३५ गते २०७८ बैशाख ४, शनिबार २१:३५ गते

 जगदीशप्रसाद अधिकारी, गोकर्णेश्वर ,काठमाडौं। सुगमनगर विकास समाज गोकर्णेश्वरले नववर्ष २०७८ को अवसरमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कपीलमुनी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका मननीय सांसद छिरिङ् दोर्जे लामा को प्रमुख आतिथ्यमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको विशेष आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिबाट “सुगमनगर विकास समाज दर्पण” समेत विमोचन गरियो । कार्यक्रमको अध्यक्षता गर्दै सुगमनगर विकास समाजका अध्यक्ष कपीलमुनी उप्रेतीले टोलबासीका साथ र सहयोग प्रदेशका सांसद एवं गोकर्णेश्वर नगरपालिका लगायतको प्राप्त सहयोगले सुगमनगर विकास समाजमा विकास गर्न सहज भएको र आगामी दिनमा पनि यस्ता किसिमको साथ सहयोग अपेक्ष्या राख्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सुगमनगर विकास समाजले थुप्रै विकास निर्माणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिरहेको र आगामी दिनमा यस क्षेत्रमा खानेपानी व्यवस्था गर्न नगरपालिका कटिवद्द रहेको प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्यका क्रममा गोकर्णेश्वर नगरपालिका ५ र ६ का वडा अध्यक्षहरु नारायणवहादुर सुबेदी र रमेश अर्यालले टोल भित्र रहेको समस्याहरुलाई यस समाज मार्फत प्राप्त सुझावका आधारमा काम गर्न निकै सजिलो भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । शुभकामना कार्यक्रममा ५ नं वडा का सदस्य दुर्गा फुयाँलले यस टोल सुधार कार्यक्रमहरुलाई सफल बनाउन टोल सुधार समितिको अगुवाईबाट हामी जस्ता जनप्रतिनिधि हरुलाई कामगर्न सहज भएकोमा खुसी व्यक्त गर्नुभयो ।

शुभकामना आदान प्रदान एवं सुगमनगर विकास समाज दर्पण विमोचन कार्यक्रममा गगननगर विकास समाजका अध्यक्ष एवं हालै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यमा निर्वाचित गोविन्द ढुङ्गेल र तेह्रौं दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक विजेता निर्मला तामाङ्लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवीहरु गोपाल बराल, नवराज रीजाल, मानवहादुर तामाङ्, गोविन्द ढुङ्गेल, महेश्वर फुयाँल, जगदीशप्रसाद अधिकारी, अच्युत पौंडेल, सैलेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । सुगमनगर विकास समाजका सचिव सुरेशकुमार गुरागाँईले संचालन गर्नु भएको कार्यक्रममा सुगमनगर महिला समूहकी अध्यक्ष यशोदा ढुङ्गेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजका उपाध्यक्ष भागवतप्रसाद गौतमले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *