नेपालबाट अवैध बाटो प्रयोग गरी भारत पुगेका चार जना अफ्रिकी फुटबल खेलाडी नियन्त्रणमा

२०७८ बैशाख १४, मंगलवार २२:१७ गते २०७८ बैशाख १४, मंगलवार २२:१७ गते २०७८ बैशाख १४, मंगलवार २२:१७ गते

झापा : नेपालबाट अवैध बाटो प्रयोग गरी भारत पुगेका चार जना अफ्रिकी फुटबल खेलाडीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

नेपाल–भारत सीमा पिलर ८२ २ नजिकैबाट उनीहरूलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार दिउँसो साढे ३ बजे नियन्त्रणमा लिएको हो।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित मिलन चोकको नाकाबाट उनीहरु भारत प्रवेश गरेका थिए।

नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका २० वर्षीय क्यामरा फोफाना उसुमाने र रिपब्लिक बेनिनका २२ वर्षीय एडजोबो ओडजुमोनला आर्मल ओडिलो रहेका भारतीय एसएसबीले जनाएको छ।

एसएसबीले उनीहरूको साथबाट एक थान पासपोर्ट, भारतीय रुपैयाँ ४८ हजार ३ सय ३०, नेपाली ५० रुपैयाँ, फुटबल जुत्ता र ब्याग बरामद गरेको छ। उनीहरू नेपाली फुटबल टिमका लागि सम्झौता अनुसार खेल्न नेपाल आएको र सम्झौता सकिएपछि भारत जान खोजेको उनीहरूले एसएसबीले बयान दिएका छन्।

एसएसबीले नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक कारबाहीका लागि नक्सालबारी प्रहरीलाई जिम्मा लगाइसकेको छ। कोरोना भाइरसको सङ्क्रमणले सीमा नाकामा यहाँका सुरक्षाकर्मीले कडाइ गरे पनि उनीहरू चोर बाटोबाट भारत प्रवेश गर्न खोजेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *