नायकको तुलनामा नायिकाले कम पारिश्रमिक पाउँछन्

२०७८ बैशाख २७, सोमबार १८:०५ गते २०७८ बैशाख २७, सोमबार १८:०५ गते २०७८ बैशाख २७, सोमबार १८:०५ गते

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम् भएको उल्लेख गरेकी छिन् l (निफ) अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ‘नेपाली चलचित्रमा महिला सहभागिता’भन्ने शीर्षकमा महिला कलाकारहरूलाई फिल्मका पुरुष कलाकारहरूले पाउने पारिश्रमिकको आधा पनि नदिइने बताइन्।महिला कलाकारले पाउने पारिश्रमिक रकम पुरुषको तुलनामा एक चौथाइ पनि हुँदैन। ‘कामको मामलामा त हामी पुरुष सरह नै आइसकेका छौँ । तर, अझै नायकभन्दा नायिकाले कम पारिश्रमिक पाउने गरेका छन् । यो अन्याय हो ।
यति महिलाले पुरुष जतिकै मिहिनेत गरेको छ भने पारिश्रमिक पनि बराबर हुनुपर्छ । चलचित्र क्षेत्रमा सबैलाई समान नजरले हेर्नुपर्छ ।’ साथै, उनले केही महिला कलाकारले पारिश्रमिक राम्रो पाउने गरेको सुनिएपनि सबैमा यो लागू हुन नसकेको उल्लेख गरिन् ।यस शीर्षकमा अन्य महिला कलाकारहरूलाई बोल्न लगाउँदा पनि प्राय सबको एउटै भनाइ थियो l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *