आन्दोलनको तयारीमा:राजपा निर्णायक नेपाल

२०७५ आश्विन २४, बुधबार ०१:३१ गते २०७५ आश्विन २४, बुधबार ०१:३१ गते २०७५ आश्विन २४, बुधबार ०१:३१ गते

२४ आश्विन २०७५, बुधवार 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त आन्दोलन गर्न भित्रभित्रै तयारीमा कांग्रेस र राजपा नेपाल लागेका छन् ।

सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई एवं सपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्तासहित महँगी, भ्रष्टाचार, आपराधिक कृयाकलाप रोक्न नसकेको भन्दै समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी प्रधानमन्त्री ओलीलाई दिइसकेको छन् ।

राजपा नेपालका महासचिव अजय गुप्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः निर्णायक आन्दोलन गर्ने तयारीमा पार्टी जुटिसकेको बताएका छन । –rajdhani

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *