यी ५ राशिका मानिसको जीवन कहिल्यै रहँदैन धनको अभाव !

२०७८ जेष्ठ ७, शुक्रबार १२:४८ गते २०७८ जेष्ठ ७, शुक्रबार १२:४८ गते २०७८ जेष्ठ ७, शुक्रबार १२:४८ गते

५ राशिका मानिसको जीवन कहिल्यै रहँदैन धनको अभाव !
ज्योतिषशास्त्रका अनुसार हरेक राशिको केहि विशेषताहरु हुन्छन्। केहि राशि अत्यन्त भाग्यशाली मानिन्छन् भने केहि राशिका मानिसहरू जुनसुकै समयमा पनि समस्याहरूको सामना गरिरहेका हुन्छन्। केहि राशिका मानिस जीवनभर आर्थिक समस्याहरूको सामना गर्न बाध्य हुन्छन् भने केहि राशिका मानिसलाई धन सम्बन्धित कुनै समस्या हुँदैन। यी ५ राशिका मानिसमा कहिले पनि आर्थिक अभाव रहँदैन ….

वृष राशि

धर्मशास्त्रका अनुसार वृष राशिका मानिसहरु धनसम्पन्न सम्बन्धित कुराहरुमा धेरै भाग्यशाली हुन्छन्। यस राशिको स्वामी शुक्र हो जसले धन, वैभव र समृद्धिलाई प्रतिनिधित्व गर्दछ। यदि शुक्र ग्रहको स्थान वृष राशिका मानिसको जन्मकुण्डलीमा बलियो छ वा उच्च स्थितिमा छ भने निश्चय पनि यस्ता व्यक्तिलाई जीवनमा पैसासँग सम्बन्धित समस्याहरू हुन सक्दैनन्।

मिथुन राशि

मिथुन राशिको स्वामी बुध ग्रह हो जसले बौद्धिकता र ज्ञानलाई प्रतिनिधित्व गर्दछ। मिथुन राशिका व्यक्तिहरू जक्सो कुण्डलीमा बुध ग्रह बलियो छ वा शुभ घरमा बसिरहेको छ भने उनीहरूलाई ज्ञानी र बुद्धिमान मानिन्छ। यी मानिसहरुले जीवनमा निकै धन आर्जन गर्छन्।

सिंह राशि

सिंह राशिको स्वामी सूर्य हो। सिंह राशिका व्यक्ति जसको कुण्डलीमा सूर्य उच्च छ वा शुभ स्थितिमा छ भने यस्ता मानिसलाई धेरै शक्तिशाली मानिन्छ। यी मानिसलाई आफ्नो जीवनमा कहिले पनि आर्थिक संकट पर्दैन। साथै यिनीहरुले समाजमा मान-प्रतिष्ठा पनि प्राप्त गर्न सफल हुन्छन्।

धनु राशि

बृहस्पति ग्रह धनु राशिको स्वामी हो जसलाई देवताको गुरु पनि भनिन्छ। धनु राशिका मानिस जसको कुण्डलीमा बृहस्पति उच्च छ उनीहरु जीवनमा निकै सुखी तथा धनी हुन्छन्। सुख-समृद्धिका साथै मान-सम्मान पनि प्राप्त हुन्छ।

कुम्भ राशि

कुम्भ राशिको स्वामी शनि हो। यस राशिका मानिस जसको कुण्डलीमा शनि ग्रह उच्च छ वा कुनै शुभ घरमा अअवस्थित छ भने यस्ता व्यक्तिले जीवनमा अपार सफलता प्राप्त गर्न सफल हुन्छन्। यिनीहरुको जीवनमा धनको वर्षात नै हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *