शोभराजको उपचारमा राज्यको १४ लाख खर्च ;भेट्न आउनै छाडिन् निहिता

२०७५ आश्विन २४, बुधबार ०३:१७ गते २०७५ आश्विन २४, बुधबार ०३:१७ गते २०७५ आश्विन २४, बुधबार ०३:१७ गते
French serial killer Charles Sobhraj (C) and Nihita Biswas (L) who reportedly married Charles is guided by Nepalese policemen towards a waiting vehicle after a court hearing in Kathmandu on May 31, 2011. Charles Sobhraj , French citizen who is serving a life sentence in Nepal for the murder of an American backbacker in 1975, has been linked with a string of killings across Asia in the 1970s, earning the nickname "bikini killer." AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

२४ आश्विन २०७५, बुधवार काठमाडौं– अफगानिस्तानमा चोरी आतंक मच्चाइरहेका थिए, चार्ल्स शोभराज। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।

तिनै पर्यटकको पासपोर्ट बोकेर नेपाल छिरेका थिए शोभराज। त्यसअघि उनले भारत र मलेसियामा आपराधिक सञ्जाल बिस्तार गरिसकेका थिए।

उनले विभिन्न देशमा गरी २० भन्दा बढी व्यक्तिको हत्या गरेको बताइन्छ।

बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताइरहेका छन्।

२०६० सालमा काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो। अहिले उनको धेरैजसो समय अस्पताल आवतजावतमै बित्ने गरेको छ।

मुटुको बिरामी शोभराजले मुटुको शल्यक्रियासमेत गरिसकेका छन्। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। उनी दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।

उमेरले पनि सात दशक पार गरिसकेका शोभराज बिरामी परिरहनु सामान्य नै भएको जेलर वेदनिधि अधिकारी बताउँछन्।

२०६० सालदेखि बन्दी जीवन बिताइरहेका शोभराजको उपचार खर्चका लागि राज्यले ठूलै लगानी गर्नुपरेको छ। अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर अधिकारीले बताए। उनले बन्दी जीवन बिताएकै १४ वर्ष पुगिसकेको छ। यसरी हेर्दा शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।

यसबाहेक अन्य निजी अस्पतालमा शोभराजकै आग्रहमा पनि उपचार भइरहेको छ। निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। अहिले भने शोभराजको स्वास्थ्य अवस्था ठिक भएको कारागारले जनाएको छ। उनी अन्य कैदीसँग खासै बोल्दैनन्। सोधेको कुराको जवाफ मात्रै फर्काउँछन्।

निहिता भेट्न आउँदिनन्
शोभराज जेल परेपछि प्रेमिका निहिता विश्वास उनलाई भेट्न आइरहन्थिन्। मुटुको शल्यक्रियापछि भने उनी नआएको कारागार स्रोतले जानकारी दियो।

शल्यक्रियाका बेला निहिता उनकी आमा शकुन्तला थापासहित गत वर्ष जेठमा बाँसबारीस्थित गंगालाल अस्पतालमा पुगेकी थिइन्। त्यस क्रममा उनी आफैले रगत दिएकी थिइन्। थप रगत चाहिने र त्यसका लागि ८० हजार रुपैयाँ आवश्यक पर्ने भएपछि उनी अस्पतालमै रोएकी थिइन्।

त्यसपछि भने उनी फर्केर कारागार पुगेकी छैनन्। निहिता आउन छाडी भन्दा आफूलाई असहज महसुस हुने भएकाले शोभराज भने ‘भेट्न आउने गरेको’ बताउँछन्।

शोभराजको अपराध-यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए।

उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो।,

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ।

त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए।, सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत ,आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। त्यहाँबाट उनी अफगानिस्तान, इरान, टर्की, ग्रिस लागे। थाइल्यान्डमा तीन पर्यटकको हत्या गरी नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।

२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए उनले।

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए। उनी ‘नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु’ समेत भन्थे।

२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।

nepal live

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *