सिन्धुपाल्चोकका बाढी पिडितहरुको लागि राहत सामाग्री वितरण

२०७८ असार ७, सोमबार ०८:०३ गते २०७८ असार ७, सोमबार ०८:०३ गते २०७८ असार ७, सोमबार ०८:०३ गते

सिन्धुपाल्चोक। नेपाली चेली फाउन्डेशनले सिन्धुपाल्चोकका बाढी पिडितहरुको लागि राहत सामाग्री वितरण गरेको छ । नेपाली चेली फाउन्डेशन का अध्यक्ष कविता के सि (खाति)को नेतृत्वमा खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन शनिबार हेलम्बु पुगेको थियोे ।

फाउन्डेशनले चामल, दाल, तेल, नुन सोयाविन मस्यौरा लगायत सामग्री वितरण गरेको हो । यस्तै, व्यान्डेज, बेटाटिन, डिटोल, जीवनजल, सिटामोल र व्रोफिन, स्यानिटाइजर, म्याट, तन्ना, साबुन, ग्लोब्स, माक्स, र सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्री पनि वितरण गरेको छ । उक्त राहत सामग्री उषा थापा, निरु गौतम राना ,पबित्रा बिष्ट लगायत श्रीमती संगठनले उपलब्ध गराएको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई थोरै भएपनि राहत होस् भनेर नेपाली चेली फाउन्डेशन र श्रीमती संगठन को संयुत्त पहलमा राहत सामाग्री वितरण गरेको अध्यक्ष कविता के सिले बताइन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *