गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्य सहित ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा

२०७८ श्रावण ७, बिहीबार २१:५२ गते २०७८ श्रावण ७, बिहीबार २१:५२ गते २०७८ श्रावण ७, बिहीबार २१:५२ गते

काठमाडौं -कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, ननओभन कार्पेट उत्पादन गर्दै आएको हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ । ग्रुपले बुधबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएको हो । झापामा १५० विगाहा क्षेत्रफलमा चिया बगान सञ्चालन गर्दै आएका नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवम् हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त चिया उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगबाट तत्कालका लागि सीटीसी चिया मात्रै उत्पादन हुने र केही समयभित्रै अर्थोडक्स टी समेत उत्पादन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष ढकालले जानकारी दिए। उक्त उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकालले जानकारी दिदै भने ‘विश्व बजारमा समेत गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यअनुरुप उद्योग सञ्चालनमा ल्याइएको र उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी हाम्रो छ’। उद्योग सञ्चालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको ढकालले जानकारी समेत दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *