काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्याइएको थियो ।
कुबेतबाट चार्टड फ्लाइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको हो । कामदारलाई स्वागत गर्न एयरपोर्टमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरु पुगेका थिए ।
बिमानस्थलमा स्वागत पछि अमेरिकी दूतावासले ट्वीट गर्दै भनेका छन्, काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏
Views: 0