मलेसियाको कामपुङ बारु सुवाङमा रहेको इपीस्टार एसडिनबिएचडी कम्पनीमा ७ बर्षदेखि कार्यरत दिनेशले आफ्नै कोठामा आ’त्मह’त्या

२०७८ भाद्र ३०, बुधबार २१:०४ गते २०७८ भाद्र ३०, बुधबार २१:०४ गते २०७८ भाद्र ३०, बुधबार २१:०४ गते

मलेसियाको कामपुङ बारु सुवाङमा रहेको इपीस्टार एसडिनबिएचडी कम्पनीमा ७ बर्षदेखि कार्यरत दिनेशले आफ्नै कोठामा आ’त्मह’त्या गरे

७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आमाबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे । ७ बर्षमा एक पटक पनि छुट्टी नआएका दिनेशले परिवारको मायामा केही पनि खोट लगाएका थिएनन् ।

दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवारसहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवाआमासँगै घर गएर बस्न सुझाइरहने दिनेशले गत शुक्रबार आफ्नो दाईलाई भिडियो कल गरे । उनीहरुको लामो कुराकानी भयो । काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा भए । दाजुभाईले सुखदुःख साटे । दिनेशले मलेसियाको कम्पनीमा लफडा परिरहेकोसम्म दाजुलाई सुनाएका थिए ।

शुक्रवार रातिको समयमा दिनेशले आफ्नो दाजुलाई भ्वाइस म्यासेज पठाए । राति भएकाले उनले फोन हेरेनन् । दिनेशले धेरै वटा भ्वाइस म्यासेज दाजुलाई पठाएका थिए । दाजु दिपकले भोलिपल्ट शनिवार बिहान मात्र म्यासेज हेरे । अनि आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन । फोन गर्दा–गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको फोन कहिल्यै लागेन । ‘दाई सायद म भोलि रहन्छुकी रहदिन, यदि म मरेँ भने बुवाआमालाई नसुनाउनु है, मैले बुवाआमालाई केही गर्न सकिन, दाई तैले नै बुवाआमालाई हेर्नु है’ दिनेशले आफ्नो दाजुलाई रुदै अनि भक्कानिदै यस्तो भ्वाइस म्यासेज छोडेका रहेछन् ।

दाई दिपकको होस हवास उड्यो । दिनेशले मलेसियामा एकजना केटी र केटासँग झगडा परेकाले उनीहरुले भोलि मार्न सक्नेसमेत उल्लेख गरेका छन् । दिनेशले भनेका छन्–‘यदि म मरेर गएभने एक मलेसियन इन्डियनलाई खोज्नु, म उसँग फाइट गर्दै छु, यदि म भोलि केहि गरी मरे भने यो मान्छेको नाम लिएर हिड्नु । यो मान्छेसँग मेरो पुरै लडाँई भईसक्यो । भोलि बाँच्छु या मर्छु भन्ने थाहा छैन ।’

यस्तो म्यासेज देखेपछि दिनेशलाई कसैले मार्न सक्ने भन्दै दाईले खोजी गर्न थाले । चिनेजाने जतिलाई फोन गरे । एक दिनपछि मलेसियाबाट खबर आयो दिनेशले आफ्नै कोठामा आत्महत्या गरे भनेर । केही महिना अगाडिदेखि फरक स्वभाव देखाउन थालेका दिनेशलाई कम्पनीले नयाँ ठाउँमा सारेको थियो । एक जना स्थानीय केटीसँग प्रेमसम्बन्धमा परेपछि दिनेशको स्वभाव एकाएक परिवर्तन हुन थालेको सोही कम्पनीमा कार्यरत नेपालीहरुले भनेको दाजु दिपकको भनाई छ ।

‘एकछिन अगाडि फोन गर्दा राम्रो बोलेको अनि छिट्टै घर आउँछु भनेको मेरो भाई आफै मरेको होइन पक्कै मारिएको हुनुपर्छ’ दाई दिपकले रोजगार मञ्चलाई भने –‘परिवारको त्यति धेरै चिन्ता र माया गर्ने भाई आफै मर्न नै सक्दैन ।’ मलेसियाको कामपुङ बारु सुवाङमा रहेको इपीस्टार एसडिनबिएचडी कम्पनीमा ७ बर्षदेखि कार्यरत दिनेश सबैसँग परिचित थिए । कम्पनीमा कार्यरत सबैसँग घुलमिल हुने दिनेश सन् २०१९ मा बेष्ट इम्प्लोइका रुपमा कम्पनीबाट पुरस्कृत पनि भएका थिए । ७ बर्षदेखि नेपाल नफर्किएको हुँदा उनको श्रम स्वीकृतिको अवधी भने सकिएको थियो ।

आफ्नो भाईको नराम्रो खवर पाउने वित्तिकै दिपकले नेपाली दूतावास मलेसियामा जानकारी गराए र सत्यतथ्य जानकारी बुझिदिन आग्रह गरे । दूतावासले बल्ल जानकारी पाएपछि कम्पनी तथा प्रहरीसँग सोधीखोजी गर्न थाल्यो । दूतावासका श्रम काउन्सेलर दिपक ढकालले दिनेशको घटनाका बारेमा जानकारी दिए । ‘दिनेशको स्वभाव केही दिनदेखि फरक रहेछ, कहिले आफ्नै हात काट्ने त कहिले आफ्नो प्रेमसम्बन्धका बारेमा बहकिने रहेछ’ श्रम काउन्सेलर ढकालले भने–‘प्रहरीले कोठाभित्र झु’ण्डि’एको अवस्थामा दिनेशलाई भेटेको रहेछ ।’

‘कम्पनी थप कागजपत्रसहित दूतावासमा आउँदा अन्य जानकारी पाइने भएता पनि आत्महत्या नै गरेको कम्पनी र प्रहरीको भनाई छ’ ढकालले भने । यता दिनेशका दाई अझै भाईले आ’त्मह’त्या गरेको मान्न तयार छैनन् । उनले गाउँमा रहेका आफ्ना बुवाआमालाई भाईको मृ’त्युको खवरसम्म सुनाएका छैनन् । ‘अव श’व आएपछि एकै पटक बुवाआमालाई थाहा दिनुपर्ला, अहिलेसम्म कसैले सुनाउन सकेका छैनौ, आखिर सुनाउनु पर्छ’ दाजु दिपकले भने ।

दिनेशले ७ बर्षमा कति पैसा कमाए अनि कति पैसा कसलाई नेपाल पठाए भन्ने परिवारमा कसैलाई थाहा छैन । ‘कसलाई पैसा पठाउँथ्यो वा पठाएकै छैन केही थाहा छैन’ दाई दिपक भन्छन् । विवाह गरेर मलेसिया उडेका दिनेशका श्रीमती उनी विदेश गएपछि घर छाडेर हिडिसकेकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *