कोरियाले राख्यो अर्को सर्त, यो सर्त पूरा नभई नेपाली कामदार कोरिया नलाने

२०७८ भाद्र ३१, बिहीबार १०:०७ गते २०७८ भाद्र ३१, बिहीबार १०:०७ गते २०७८ भाद्र ३१, बिहीबार १०:०७ गते

कोरियाले राख्यो अर्को सर्त, यो सर्त पूरा नभई नेपाली कामदार कोरिया नलाने

करिब दुई वर्ष देखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई

अ’निवार्य गर्नुपर्ने स’र्त थपेपछि अझै एक महिनासम्म कोरिया रोजगारी सुरु हुने छैन। श्र’म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोरियाले बायोमेट्रिक प्रणाली अ’निवा’र्य गर्नुपर्ने स’र्त थपेपछि बायोमेट्रिकका लागि भौतिक पूर्वाधार जडानको काम भइरहेको बताए।

‘बायोमेट्रिक प्रणाली सुरु नभई कोरिया रोजगारी सुचारु नहुने भएपछि भौतिक पूर्वाधार निर्माणको काम सुरु भइरहेको छ,’ उनले भने, ‘यो काम आउँदो असोज मसान्तसम्म सम्पन्न गर्ने योजना छ।’कोरियाले बायोमेट्रिक प्रणालीलाई जोड दिनुको कारण

न’क्क’ली परीक्षार्थीलाई रो’क्नु रहेको बताउने गरेको छ। ‘कोरियन भाषा परीक्षामा सहभागी हुने र कोरिया जाने व्यक्ति फरक फरक रहेको पाइएपछि कोरिया सरकारले बायोमेट्रिक प्रणालीलाई जो’ड दिएको बुझिएको छ,’ गौतमले भने।

विगतमा कोरियन भाषा परीक्षामा सहभागी भएका र फारम भरेका व्यक्ति फरकफरक परेपछि प्र’ह’रीले समेत प’क्रा’उ गरेको थियो। बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा

रोजगारदातालाई झु’क्या’उन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

सन् २०२० देखि रोकिएको कोरिया रोजगारी सुचारु गर्न नेपालले पटकपटक आग्रह गर्दै आए पनि कोरियाले यसअघि काठमाडौं–सिओल सिधा हवाई उडान हुनुपर्ने, नेपाली कामदार अनिवार्य १४ दिन क्वा’रेन्टि’नमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहो’र्नुपर्ने स’र्त राखेको थियो। ती तीन स’र्त मान्न नेपाली पक्ष तयार रहेपछि कोरियाले बायोमेट्रिक प्रणालीको अर्को स’र्त थपेको हो। नागरिक दैनिकबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *