Or

विरोध खतिवडा र रामकुमारी झाक्री मन्त्रि बन्दै, यी मन्त्रालय पाउने सम्भवना

२०७८ आश्विन १२, मंगलवार २२:१९ गते २०७८ आश्विन १२, मंगलवार २२:१९ गते २०७८ आश्विन १२, मंगलवार २२:१९ गते

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन एवं मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन् ।राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारका लागि शीर्षनेताहरु आन्तरिक गृहकार्य तथा छलफलमा जुटेका हुन । बुधबार साँझसम्ममा नयाँ मन्त्रीहरु नियुक्त भइसक्ने सम्भावना छ ।

नेकपा (एकीकृत समाजवादी) ले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएको छ । मन्त्रीको लागि पार्टीबाट नाम सिफारिस भएकाहरुमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहनु भएको छ ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मिडियामा सार्वजनिक भएका ब्यक्तिहरुको नाम मन्त्रीका लागि सिफारिस भएको स्वीकार्नुभयो । तनुहँका साँसद किसानकुमार श्रेष्ठ र अछामका सांसद शेरबहादुर कुँवर भने यस पटक मन्त्रीमा समेट्न नसकिएको उहाँले बताउनुभयो ।

त्यस्तैं, एकीकृत (माओवादी केन्द्र) नेपालले पनि थप तीनजना मन्त्रीको नाम सिफारिसका लागि आन्तरिक गृह कार्य भइरहेको जनाएको छ । माओवादी केन्द्रका नेता देबबहादुर गुरुङले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको बताउनुभयो ।

‘कस्को नेतृत्वमा को–को जाने हो भन्ने कुराको टुङ्गो त लागि सकेको छैन, उहाँले भन्नुभयो–छलफल भइरहेको छ । अव छिट्टै निर्णय हुन्छ । अध्यादेश पनि खारेज भयो, मन्त्रिपरिषद् गर्न बाटो खुल्यो । माओवादी केन्द्रबाट यसअघि नै सरकारमा दुईजना मन्त्री सहभागी हुनुहुन्छ ।

अब कस्को नेतृत्वमा को कस्लाई पठाउने भन्ने विषयमा माओवादी केन्द्रले बुधबार नै टुङ्गो लगाउने अपेक्षा गरिएको छ । नेता गुरुङले भन्नुभयो–नाम नै नखुलेपनि तीनजनाको सिफारिस हुन्छ । मन्त्रीका लागि देवेन्द्र पौडेल र बीना मगरको नाम पनि चर्चामा रहेको छ ।

नेपाली काँग्रेसबाट थप तीनजना मन्त्रीको नाम सिफारिस गर्न प्रधानमन्त्री देउवाले यसअघि नै बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । तर, काँग्रेसमा पनि मन्त्रीका आकांक्षीहरुको संख्या धेरै भएकाले नाम सिफारिस हुन सकेको छैन ।

त्यस्तैं, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मन्त्रीहरुको नाम छनोटका लागि आन्तरिक गृह कार्य जारी रहेको जनाएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो–सरकारमा सहभागी हुन बाटो खुलेपछि पार्टीले कसै न कसैको नाम पठाउछ ।
गत असार २९ गते गठित वर्तमान सरकारमा काँग्रेसबाट प्रधानमन्त्री सहित सात, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट ६–६ जना मन्त्री वाँडफाँड गरिएको छ । सत्ता गठबन्धनका पाँच दल मध्ये संयुक्त जनमोर्चा नेपाल भने सरकारमा सहभागी नहुने जनाइएको छ ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or