क्षेत्रीय सभापतिमा जोशीको उम्मेदवारी घोषणा

२०७८ मंसिर ४, शनिबार २१:१३ गते २०७८ मंसिर ४, शनिबार २१:१३ गते २०७८ मंसिर ४, शनिबार २१:१३ गते

काठमाडौ,४ मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

नेपाली काँग्रेसको १२ औं अधिवेशनमा जिल्ला सदस्य, १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी भएर आफ्नो जिम्मेवारी पुरा गरिसकेका मनिष जोशीले काठमाडौ क्षेत्र नं ५ को क्षेत्रीय सभापतिका लागि आफ्नो उमेदवारी घोषणा गर्नुभएको हो ।

मंसिर ६ गते हुने क्षेत्रिय अधिवेशनको लागी जोशीले आज दियालो फुडल्याण्ड,बसुन्धरामा आफ्नो क्षेत्रका नेता कार्यकर्ताको लागि चियापान तथा भेट्घाट कार्यक्रम आयोजना गरि क्षेत्रका कार्यकर्ताको व्यापक सहभागितामा वडा सभापति,क्षेत्रिय प्रतिनिधि र शुभचिन्तक माझ उनले उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा सभाको आसनबाट बोल्दै जोशीले विगतका कतिपय क्षणहरु आँखा अगाडि देखिन थालेको भन्दै । विपि, गणेशमान सिंहसँगको बाबाको सामिप्यता अनि नेपाली काँग्रेसको पक्षमा आफ्नो घरमा हुने हऱेक बहसलाई नजिकबाट सुन्ने र अनुशरण गर्ने क्रममा बालमष्तिकबाट नै नेपाली काँग्रेसको विजारोपण भएको सिपाही हुँ । यसर्थ हर प्रहर मेरो प्रयास नेपाली काँग्रेसलाई मजबुत बनाउने अनि जनताको प्रत्येक सुख दुःखको सहयात्री बनाउने अभियानमा रहने पनि बताए ।

२०४६ सालको जनआन्दोलनमा लोकतन्त्रका पक्षमा संघर्ष गर्दा मसहित मेरो परिवार माथी गरिएको सांघातिक आक्रमणका चोटहरु अहिले पनि ऐना अगाडि स्पष्ट देख्दछु । नेपाली काँग्रेसको सिपाही भएका कारण गरिएको उक्त आक्रमणका कुराहरु आज पनि टोखा अनि उत्तरपूर्वी भेगमा स्मरण गरिँदा गर्वले छाती चौडा हुन्छ । नेपाली काँग्रेसप्रतिको त्यो सर्मपण अनि पार्टीका लागि गर्नुपर्ने योगदानका लागि आज पनि कुनै कदम पछाडि हटेको छैन । त्यो उर्जा र उत्साह कम भएको छैन ।

लोकतान्त्रिक व्यवस्थाको स्थापनाका लागि लडिएका हर युद्धमा अग्रपङ्ति रहने स्वभाव अहिले ०७८ सम्म आउँदा पनि उत्तिकै सक्रिय रहेको छु । र अनवरत रहिरहने छु । यो प्रतिवद्धताकाबीच मैले क्षेत्र नं ५ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेको छु जोशीले भने ।

राजनैतिक सक्रियतासँगै समाजिक कार्यप्रति लगावमा पूर्ण जिम्मेवार भएर कार्य गर्ने सोच अनि स्पष्ट योजनाका साथ मैले उम्मेदवारी घोषणा गरेको हुँ ।क्षेत्रका अग्रज नेता युवा साथिहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै जोशीले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् ।जोशी विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दै आएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *