गैरआवासी नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरु र Nepal Tourism Revival Committee का संयोजक भेटघाट

२०७८ चैत्र २१, सोमबार २१:३२ गते २०७८ चैत्र २१, सोमबार २१:३२ गते २०७८ चैत्र २१, सोमबार २१:३२ गते

गैरआवासी नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले Nepal Tourism Revival Committee का संयोजक राज गिरी संग भेटघाट गरेको छ । यस भेटघाटमा संघका पदाधिकारीहरुले नेपाल पर्यटन प्रबर्धनमा संघले स्थापनाकालदेखी नै गरेका गतिविधि बारे जानकारी गराउँदै संघद्वारा भविष्यमा गरिने कार्यक्रमको योजना बारेमा पनि जानकारी गराईएको थियो ।

यसरी नै पर्यटन पुनरुत्थान समितिका संयोजक गिरीले संघले पर्यटन प्रबर्द्धन सम्बन्धमा गरेका गतिविधिहरुको खुलेर प्रशंसा गर्नु भयो । साथै उहाँले यस समितिमा संघलाई पनि आबद्ध गराइ पर्यटन प्रबर्द्धनका कार्यहरु अगाडी बढाइने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । समिति पर्यटन प्रवर्द्धनको लागि गैरआवासीय नेपाली संघ संग सदैव सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।

यस भेटघाट कार्यक्रममा संघका उपाध्यक्षद्वय आरेके शर्मा र रोविन्द प्रसाद श्रेष्ठ, प्रवक्ता सोम सापकोटा, महिला सचिव राधिका गुरुङ, युरोपका क्षेत्रीय संयोजक सन्तोष भट्टराई, मध्यपूर्वका क्षेत्रीय महिला उपसंयोजक बन्दना शर्मा,चेक रिपब्लिकका आइसिसि सदस्य डा. चिरन्जिवि खड्का लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *