हेर्नुहोस बालबालिकालाई सिकाउनै पर्ने यी ८ बानी

२०७५ कार्तिक १३, मंगलवार ०३:३८ गते २०७५ कार्तिक १३, मंगलवार ०३:३८ गते २०७५ कार्तिक १३, मंगलवार ०३:३८ गते

अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि। तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त? कुनै पनि अभिभावकले आफ्ना नानीबाबुलाई केही नियम पालना गराउनुपर्छ ताकि बालबालिका शारीरिक एवं मानसिक रुपमा स्वस्थ भएर बाँचून्।

बिहान सबेरै उठ्न लगाउने
तपार्इं, हामी बिहान सबेरै उठ्ने बिरलै छौं । रातीको पार्टी, कामको चापलगायत कारणले एकाबिहानै उठ्न त्यति सजिलो छैन। आयुर्वेदमा वर्णन गरिएअनुसार आफ्नो दैनिक कार्यमा संलग्न हुनुभन्दा अगाडि केही घन्टा सबेरै हिँड्दा तपाईंमा कम तनाव हुनुका साथै दिनभर सक्रिय र खुसी बनाउँछ। समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ। साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ।

भुइँमा पलेँटी कसेर खान लगाउने
हिजोआज अधिकांश मानिस डाइनिङ टेबुलमा बसेर खाने गर्छन्। तर, हाम्रा अग्रज पुस्ताको खाने शैलीसँग तुलना गर्दा यो स्वस्थकर देखिँदैन। पुर्खाहरु जहिले पनि पिर्का वा सुकुलमा पलेँटी कसेर खाने गर्थे । पलेँटी कसेर खाँदा पाचन प्रक्रियालाई सहयोग गर्नुको अतिरिक्त तौलसमेत घट्छ। साथै यो आसनमा खाना खाँदा बस्ने ढंगमा सुधार ल्याउने, घुँडा र जोर्नीको समस्यालाई पनि समाधान गर्छ। यो आसनले रक्त प्रवाहमा पनि सुधार ल्याउँछ।

खाँदा पानी नपिउने
हामीले दैनिकजसो गर्ने एउटा साझा भूल हो, खानाको थालीसँगै ठूलो गिलासभरि पानी लिएर बस्नु । खान खाँदा पानी खानु हुँदैन भनेर बालबालिकालाई अभिभावकले सानैदेखि सल्लाह दिने हो भने बालबालिकामा पनि स्वस्थ बानीको विकास हुन्छ । खानासँग पानी पिउँदा पाचन प्रक्रियामा समस्या हुन्छ र एसिडिटी बढाउँछ। पोषण विज्ञहरुका अनुसार खानासँग पानी खाँदा शरीरमा ब्लड सुगरको मात्रा बढ्छ र पाचनमा पनि समस्या हुन्छ।

सूर्यास्तको समयमा डिनर
के तपाईंको अभिभावकले साँझ ८ बजे अगाडि नै खाना खान र सुत्न जोड गर्नुभएको छ ? तपार्इंले पनि यस्तो सुन्दर आदत आफ्ना सन्तानमा पुर्‍याउनुहोस्। आयुर्वेदमा उल्लेख भए अनुसार साँझ पर्ने/नपर्ने बेलामा खाएको खाना प्रकृतिको नियम र चक्रअनुसार हुन्छ। शरीरलाई पनि निकै हितकर हुन्छ।

गाउँघरमा अझै पनि साँझ पर्नु अगाडि वा साँझ परेपछि खाना खाने चलन छ। यो आफैँमा वैज्ञानिक र स्वस्थकर भएको पोषण विज्ञहरु बताउँछन्। यो समयमा खाना खाँदा मोटोपनबाट जोगिन्छ, पाचनको समस्या घट्छ, निद्रा बढाउँछ र अर्को दिन बिहान उठ्दा फुर्तिलो भइन्छ। याद गर्नुहोस्, खाना खानेबित्तिकै सुत्नु भनेको रोग निम्त्याउनु हो। तर, साँझ पर्नेबित्तिकै खाने मानिस स्वाभाविक रुपमै उत्तिखेरै नसुत्ने भएकाले ऊ विभिन्न गतिविधिमा व्यस्त हुने हुँदा उसमा शारीरिक व्यायाम हुने र मोटोपनबाट स्वतः मुक्ति मिल्छ।

तातो पानीले कपाल ननुहाउने
हाम्रा पुर्खा सधैँ चिसो पानीले नुहाउने गर्थे । तातो पानीले नुहाउँदा तालुमा पिएचको मात्रा बढाउँछ र कपाल झर्छ । यसले कपाललाई भद्दा र कमजोर तथा पातलो बनाउँछ। तर, चिसो पानीले तपार्इंको शरीर र तालुको तापक्रमलाई दिगो बनाउनुका साथै कपाल झर्नबाट रोक्छ। तसर्थ बच्चाहरुलाई पनि सानैदेखि सकभर तातो पानीले नुहाउने बानी नबसाल्नुहोस्।

खाना अगाडि र पछि राम्रोसँग हात धुने

चम्चाले खाना खाए पनि बालबालिकालाई खाना खानु अगाडि र पछाडि हात धुन लगाउनुपर्छ । यसले झाडापखाला, खानाबाट हुने संक्रमण र हेपाटाइटिस हुने खतरा न्यून गर्छ। स्वस्थ र सरसफाइका लागि पनि खाना खुवाएपछि उनीहरुको हात धोइदिनुपर्छ।

खाएपछि मुख राम्रोसँग कुल्ला गर्ने
खाना खाएपछि तपार्इंले राम्रोसँग मुख कुल्ला गर्नुभएको छ? छैन भने आजैबाट बानी बसाल्नुहोस् र आफ्ना बच्चाहरुलाई पनि सिकाउनुहोस्। कुल्ला गर्दा दाँतको गिजामा अल्झिएका खानाका टुक्राहरुलाई फाल्ने र मुख गन्हाउने समस्याबाट बच्न सकिन्छ।

घर पुग्नेबित्तिकै हातखुट्टा धुने
कार्यालय वा अन्य टाढा हिँडेर घर फर्किएपछि आफ्नो हातखुट्टालाई राम्रोसँग साबुन पानीले धुने गर्नुहोस्। बाहिरी वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् । हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ। तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ।

बत्ती बाल्ने र प्रार्थना गर्ने
तपार्इं कत्तिको प्रार्थना गर्नुहुन्छ? तपार्इंका बच्चाहरुले प्रार्थना गर्छन् कि गर्दैनन् ? नियमित प्रार्थना र पुस्तादेखि चलेको संस्कार बालबालिकालाई सिकाउँदा उनीहरुमा स्वस्थ जीवनशैलीको विकास हुन्छ। बिहान उठ्नेबित्तिकै आआफ्नो धर्मअनुसार मन्त्र, जप, ध्यान, पाठ गर्दा तपार्इंको स्मरणशक्ति बढ्छ, मुटु स्वस्थ हुन्छ र डिप्रेसनबाट जोगाउँछ। प्रार्थना गर्दा तपाईंमा सकारात्मक सोच र आध्यात्मिक ज्ञानको ज्योति आउँछ।

-nepal live

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *