मोदीले कोट उपहार पठाएपछि दक्षिण कोरियाली राष्ट्रपति मून मख्ख !

२०७५ कार्तिक १४, बुधबार १५:२७ गते २०७५ कार्तिक १४, बुधबार १५:२७ गते २०७५ कार्तिक १४, बुधबार १५:२७ गते

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनलाई गिफ्टका रुपमा ‘इस्टकोट’ (मोदी कोट) पठाएपछि मुनले मोदीको प्रशंसा गरेका हुन् । ट्वीटमा मुनले मोदीलाई आफूलाई ‘इस्टकोट’ पठाएको भन्दै धन्यवाद दिएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई केही सुन्दर पोशाक पठाउनुभएको छ । यी भारतीय शैलीका नयाँ भर्सनका पोशाक हुन् जसलाई ‘मोदी भेष्ट’ भनिन्छ । यी कोरियामा पनि सहजै लगाइन्छ । यस्ता पोशाक राम्रो सुहाउँछ पनि’, आफूले इस्टकोट लगाएको फोटोसहित राष्ट्रपति मुनले ट्वीट गरेका छन् ।

‘मेरो भारत भ्रमणको बेला मैले प्रधानमन्त्री मोदीलाई यो भेष्ट ‘इस्टकोट’ मा तपाईँलाई साह्रै सुहाएको छ भनेको थिएँ, त्यसैले उहाँले मलाई यी पोशाक ‘इस्टकोट’ ठिक्क हुने गरी सिलाएर पठाउनुभएछ’, मोदीलाई धन्यवाद दिँदै इस्टकोट लगाएका मुनले चारवटा अन्य कोटहरु र आफ्नो फोटोसहित अर्को ट्वीट गरेका छन् ।

 

मुनले भारतीय प्रधानमन्त्री मोदीलाई सियोल शान्ति पुरस्कार जितेकोमा बधाई पनि दिएका छन् । सियोल शान्ति पुरस्कारमा भारतीय प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन लागिपरेको, विश्व अर्थतन्त्रमा योगदान दिएकोे, भारतमा तीव्र आर्थिक विकास गरेको तथा भ्रष्टाचारविरुद्धको कदम चालेको साथै सामाजिक एकता कायम गरेको भनेर छनोट गरिएको थियो ।मुनले मोदीले कोरियन भाषामा ट्वीट गरेको भन्दै मोदीको प्रशंसा पनि गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *