चितवन,२३ जेठ – भरतपुर महानगरपालिका-५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोल सहित सोही महानगरपालिका-६ बस्ने ४० वर्षीयदिपक पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0