आगलागीमा परी घाइते तथा विभिन्न धनमाल जलेर नष्ट

२०७९ जेष्ठ २३, सोमबार १४:४४ गते २०७९ जेष्ठ २३, सोमबार १४:४४ गते २०७९ जेष्ठ २३, सोमबार १४:४४ गते

काठमाडौं,२३ जेठ – काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा रहेको इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अचानक भित्रबाट ग्यास बिष्फोट हुदा काठमाडौं कालिमाटी बस्ने पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भएका ३० वर्षीयकिशोरी शाह समेत २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा मनमोहन प्रतिष्ठान नजिक घर कम्पाउण्ड बाहिर पार्किङ गरी राखेको ना .१६ प १८९७ नम्बर मोटरसाइकलमा सोमबार बिहान अचानक आगलागी हुदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ बिचबजार बस्ने तिल प्रसाद सिलवालको कच्ची घरमा डेरा गरी बस्ने मानिसहरुले ग्यास सिलिण्डर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डरमा आगलागी हुदा गजुरी गाउँपालिका-घर भएका ५५ वर्षीय मान बहादुर पौडेल लगायत ४ जना घाते भएका छन् । घइतेहरूको राजमार्ग अस्पताल मलेखूमा सामान्य उपचार पश्चात थप उपचारको  लागि कीर्तिपुर अस्पताल काठमाडौं लगिएकोमा २ जना उपचार पश्चात डिश्चार्ज भएका छन्

सुनसरी, हरिनगरा गाउँपालिका-४ हरिनगरा बजारस्थितसोही ठाउँ बस्ने छबु शाहको चिया तथा नास्ता पसलमा एराति आगलागी हुँदा पसलभित्र रहेको काठ पात, भाँडावर्तन,अन्नपात, लताकपडा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ साथै सोही पसल नजिक बस्ने महेन्द्र मेहताको घरमा रहेको फर्निचर तथा टिभि पसलमा समेत उक्त आगो सल्किन गई पसलभित्र रहेको जिन्सि मालसामानहरु र घर समेत आंशिक रुपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, चुरे गाउँपालिका-३ सहजपुरस्थित मारभट्टी बजारमा रहेको फोहोरमैलामा लगाएको आगो एक्कासिसल्केर सोही ठाउँ बस्ने पृथ्वी विक्रम शाहको मनसुन वाईन ईण्डष्ट्रिज रक्सी उत्पादन गर्ने याक्ट्रीमा गएराति आगलागी हुँदा याक्ट्री पूर्णरूपमा जलेर करिब ३ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका सोही फ्याक्ट्रीमा काम गर्ने १ जनाको स्थानय मेडिकलमा उपचार भरहेको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *