चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ

२०७९ जेष्ठ २३, सोमबार २१:१७ गते २०७९ जेष्ठ २३, सोमबार २१:१७ गते २०७९ जेष्ठ २३, सोमबार २१:१७ गते

काठमाडौं, २३ जेठ – चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका-६ बस्नेनुवाकोट दुप्चेश्वर गाउँपालिका-ठेगाना भएका २५ वर्षीय पेम्बा तामाङ र काठमाडौं महानगरपालिका-१ मालीगाउँ बस्ने दाङ बंगालचुली गाउँपालिका ठेगाना भएका ३४ वर्षीय सालिक राम नेपाली रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित खाजाघरबाट जेठ ८ गते दिउँसो कास्की पोखरा महानगरपालिकालेखनाथ बस्ने ४० वर्षीय एकजना ब्यक्तिको साथमा रहेको नगद ३५ लाख रूपैयाँ लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट मोबाइल थान, स्मार्ट वाच १ थान र फलामको औजार (रड) थान प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर डाँका चोरी सम्बन्धी कसूरमा जिल्ला अदालतकाठमाडौंबाट दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भरहेको तथा घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *