होमस्टे(घरवास) महासंघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन

२०७९ श्रावण ९, सोमबार १८:५५ गते २०७९ श्रावण ९, सोमबार १८:५५ गते २०७९ श्रावण ९, सोमबार १८:५५ गते

काठमाडौ । होमस्टे(घरवास) महासंघ नेपालको केन्द्रीय कार्यालय उद्‍घाटन गरिएको छ। आइतबार कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टको भवनमा महासंघको केन्द्रिय कार्यालय उद्घाट्न गरिएको हो ।

महासंघको अध्यक्ष प्रेम शंकर मर्दनिया थारुको सभाध्यक्ष र तारा गाउ बिकास समितिका अध्यक्ष सुरेशराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा तारा गाउँ विकास समितीका बोर्ड सदस्य शिव लामिछाने,महासघका सल्लाहकार ,बिज्ञ तथा महासघ पदाधिकारी तथा स्दस्यहरुको उपस्तिथिमा केन्द्रीय कार्यलय उद्घाट्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि तारा गाउँ विकास समितिका अध्यक्ष शुरेसराज जोशीले नेपालको ग्रामीण पर्यटन त्यसमा पनि होमस्टे पर्यटन मार्फत नेपालको ग्रामीण भेगका जनताहरुको जिवनस्तर माथी उठाउन तथा आर्थिक रुपमा सबल बनाउन होमस्टे कार्यक्रम एकमात्र सफल कार्यक्रम रहेको भन्नुहुदै आगामी दिनमा समेत तारा गाउँ विकास समितिबाट पुर्ण साथ रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा महासघका सल्लाहकार तथा विज्ञहरुले आ आफ्नो ठाउँबाट महासघलाई अझै ससक्त गर्दे देशैभर होमस्टेको अभियानमा सक्रिय भएर अगि बढ्न सहयोग गर्ने प्रतिवद्द्ता जाहेर गर्नुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *