काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस

२०७९ भाद्र १८, शनिबार २०:३४ गते २०७९ भाद्र १८, शनिबार २०:३४ गते २०७९ भाद्र १८, शनिबार २०:३४ गते

काठमाडौं। आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ। सवै विधामा दक्ष अनि जनभावनालाई आत्मसात गर्दैअगाडि बढ्दै आएका लोकप्रिय तथा जनप्रिय राजनीतिक व्यक्तित्व काठमाडौं क्षेत्र नंबर ९ वाट नेकपा एमालेवाट सिफारिस भएको हो।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रको ९ (क) वाट प्रदेश सांसदमा भारी मतले निर्वाचित बनेर अत्यन्त लोकप्रियता तथा जनप्रियता कमाएर डेढ महिनाको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेर महिना दिनमा नै बर्ष दिनको योजनाका सहित कार्य गर्न सफल डा। शाक्यको यसै क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेवाट सिफारिस हुनुलाई यस क्षेत्रका मतदाताहरुले सही र योग्य व्यक्तित्वको सिफारिस भएको भनेर स्वागत गरेका छन्।

नेकपा एमाले नेतृत्व पंक्तीले सही बौद्धिक व्यक्तित्व अनि जनप्रिय नेता डा। शाक्यलाई सिफारिस मात्र नगरिकन फाइनल नै गर्नुपर्ने जनमत तयार भैसकेको छ। यसकारण पनि जनताको मनमा बस्न सफल जनताको चाहनाको नेता डा। शाक्यलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नंबर ९ वाट उम्मेदवार बनाएर भारी मतले जिताउन आवश्यक भएको जनलहर नै डा. शाक्यतिर देखिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *