नेपाल अमेरिकन म्युजिक फेस्टिभल मा न्यूयोर्कका मेयरले गरे चार नेपाली लाई सम्मान

२०७९ आश्विन २७, बिहीबार २०:४० गते २०७९ आश्विन २७, बिहीबार २०:४० गते २०७९ आश्विन २७, बिहीबार २०:४० गते

समिर नेपाल/काठमाडौं २७ असोज/ अमेरिकामा न्यूयोर्क शहरमा नेपाली सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। दशैं तथा तिहारको अवसरमा पारेर बैभवशाली राष्ट्र अमेरिकाको न्यूयोर्कमा शहरमा भव्य रुपमा नेपाली सांगीतिक कार्यक्रम भएको हो।

अक्टोबर ८, २०२२, शनिबार, अमेरिकाको न्यूयोर्क शहरको डाइभर्सिटी प्लाजा, क्वीन्समा पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” भव्य रुपमा सम्पन्नभएको हो। “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स ईनका राजेश हमाल र न्यूयोर्कका चर्चित रियल स्टेट सेल्स म्यान नवराज केसीले गरेका थिए ।

खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोबास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु हो भनेर आयोजकहरुले बताएका छन्।। नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रुपमा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनीहरुको विश्वास छ ।

न्यूयोर्क शहरका मेयर एरिक एडम्सको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयरले दशैं तथा तिहारको अवसरमा नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका थिए । मेयरले चर्चित नेपाली गायिका सपनाश्री, गायक फिरोज स्याङ्देन, सामाजिक अभियन्ता पेमा छेवाङ शेर्पा र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीलाई विशेष सम्मान प्रदान गरेका थिए।

फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र संजोक योञ्जन, अभय ढुंगेल लगायतका गायक–गायिकाहरुको बेजोड सांगीतिक प्रस्तुतिले उपस्थित स्वदेशी तथा विदेशी दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। साथमा कबिना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बनसन्त डान्स सेन्टरेको धमाकादार डान्सले कार्यक्रममा थप चाँद थपेको थियो।

आयोजक टोलीका अन्य सदस्य तथा स्वयंसेवकमा अन्जित गुरुङ, अञ्जन श्रेष्ठ, एतना कार्की, कपिल मगर, प्रकाश श्रेष्ठ, भुवन केसी, शंकर बिसुंके, बास विशु, निलिमा मादेन, जोन लामा, निरन प्रजापति, उमा तामाङ, रोजिना देउला र निलिमा मादेन थिए ।डिजे ज्याङ्बुको दमदार प्रस्तुतिले पनि कमाल गरेको थियो। कार्यक्रममा पर्यटन राजदूत प्रदीप श्रेष्ठ र केशवराम राईको पनि उपस्थिति थियो । साथमा क्वीन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार विष्टको पनि उपस्थिति रहेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *