क्यालिफोर्नियामा अागलागी: लेडी गागा र किम कार्दाशियन घर छोड्न बाध्य

२०७५ कार्तिक २५, आईतवार १५:०६ गते २०७५ कार्तिक २५, आईतवार १५:०६ गते २०७५ कार्तिक २५, आईतवार १५:०६ गते

अमेरिकाको क्यालिफोर्निया प्रान्तमा इतिहासकै सबैभन्दा डरलाग्दो आगो लागेको छ ।

आगलागीमा परेर मर्नेहरुको संख्या २५ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मीहरुले शनिबार १४ ओटा शव फेला पारेका थिए ।

क्यालिफोर्नियाको मालिबु, प्याराडाइज, क्लालाबासस र थाउजेण्ड ओक्स नामक जंगलमा फैलिएको विशाल आगोका कारण लेडी गागा, किम कार्दाशियन तथा रेन विल्सनजस्ता हलिउडका नाम चलेका कलाकारहरु घर छोड्न बाध्य भएका छन् ।

हलिउडका यी नामूद कलाकारहरुबाहेका मालिबुमा बस्ने अन्य सर्वसाधारणहरुलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतिर पठाइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार यो भयानक आगलागीले सम्पूर्ण प्याराडाइज सहरलाई नै घेरिसकेको छ । क्यालिफोर्नियाका दमकल अधिकारीहरुले बताएअनुसार आगलागीले त्यहाँको ६ हजार ५ सय घर नष्ट गरिसकेको छ ।

यहाँ फैलिएको भयानक आगलागीले सहरमा ८० देखि ९० प्रतिशत नोक्सान पुर्‍याएको छ । सहरभरीमा अब १० देखि २० प्रतिशत घरहरुमात्र सही हालतमा रहेका छन् । वूलसी फायर नाम दिइएको दक्षिणी क्यालिफोर्नियाको आगलागीले करिब २२ वर्गमीलको क्षेत्रलाई अाेगटेकाे जनाइएको छ ।

श्रोत-उज्यालो अनलाइन 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *