रक्त विषेशज्ञ डा. विपिन नेपाल स्मार्ट हेल्थ नेपालको सिईयोमा नियुक्त

२०७९ पुष १८, सोमबार २१:३४ गते २०७९ पुष १८, सोमबार २१:३४ गते २०७९ पुष १८, सोमबार २१:३४ गते

काठमाडौं/ स्मार्ट हेल्थ नेपालको सिईयोमा डा. बिपिन नेपाल नियुक्त भएका छन् । डा विपिन नेपाल (कन्सल्ट्यान्ट, एड्भाईजर, एन्ड एड्भोकेटर ट्रान्सफ्युजन मेडिसिन एन्ड ब्लड बैंङ्क) नेपालका एम मात्रै रक्त विषशज्ञ हुन् ।

विगत लामो समय देखि रक्तसेवामा आवद्धभई अस्पताल र स्वास्थय सेवा केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएका डा. विपिन नेपालले कोभिड, डेंगु जस्ता महामारीमा बिरामीलाई सरल र सुलभ ढंगबाट रगत उपलब्ध गराउने कार्यमा अहम भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

डा. नेपाल ले आफ्नो पदभार ग्रहण गर्दै रक्तदान महादान अभियानमा सबैलाई समेटर यो पूण्यको कर्ममा लाग्न आह्वान गरे ।

स्मार्ट हेल्थ नेपालले विषेशगरी रक्तसेवाहरु, नजिकैका अस्पताल, एम्बुलेन्स, ब्लड बैंक, फार्मेसी, सरल र सहज ढंगमा खोज्न सकिने अपलोड पे्रस्किृप्सन, मेडिसिन रिमाईडर, मेडि ईन्डेक्स (मेडिसिन डिक्सनेरी) साथै हेल्थ क्यालकुलेटर (आईबिडब्लु, बिएमआई, ईडिडि) जस्ता फिचर भएको स्मार्ट हेल्थ नेपाल मोबाईल एप्लीकेशन मार्फत निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । स्मार्ट हेल्थ नेपाल आफ्नो मोबाईलमा डाउनलोड गर्न मोबाईलको एप स्टोर वा प्ले स्टोरमा गई स्र्माट हेल्थ नेपाल टाईप गरि वा यो लिंक मार्फत https://qrco.de/bd2Ld3 डाउनलोड गर्न सकिने छ ।

छोटो समयमानै यो मोबाईल एप्लिकेशनको मद्धतमा ८ सय १२ पिन्ट आपत्तकालिन अवस्थामा रक्तसेवा संचार गर्ने केन्द्रहरु रक्तदाता र रक्तदान कार्यक्रम संचालन गरि रगत मिलाउन सफल भएको संस्था कार्यक्रम अधिकृत मनिशा श्रेष्ठले जानकारी दिईन ।

आगामि दिनमा रगत व्यवस्थापनलाई थप सहज बनाउँदै अघि बढ्नका लागि राष्ट्रिय अभियान संचालनमा ल्याईने बताईएको छ । स्र्माट हेल्थ नेपाल स्वास्थय संग सम्बन्धीत सम्पुर्ण सुचना प्रदान गर्ने साथै समस्याको समाधान गर्ने हेतुले स्थापना भएको कम्पनी हो । स्मार्ट हेल्थ नेपाल कम्पनी अन्र्तगत स्मार्ट हेल्थ नेपाल मोबाईल एप्लिकेशनद्धारा आम जनमानसले निशुल्क रुपमा स्वास्थ्य सेवाहरु लिंदै आईरहेका छन् ।
Smart Health Nepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *