खाँडादेवी फूडल्याण्डको होली विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न ( भिडियो सहित)

२०७९ फाल्गुन २४, बुधबार ००:२६ गते २०७९ फाल्गुन २४, बुधबार ००:२६ गते २०७९ फाल्गुन २४, बुधबार ००:२६ गते

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले रंगको पर्व रुपमा लिईने सांस्कृतिक चाँड फागु पूर्णिमाको अवसरमा होली विशेष सांस्कृतिक कार्यक्रम हर्षोल्लास पूर्वक धूमधामका सम्पन्न भएको छ ।

कार्यक्रमा चर्चित मोडल एंव लोक तथा दोहोरी गायिका ज्योति मगर चर्चित लोक गायक बालचन्द्र बराल,मोडल करिश्मा ढकाल,भावना पाैडेल,रोजिना परियार लगाएतको कलाकारहरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रङ अनि पेय पदार्थ,खानाका परिकारहरु लोकल खसी कालिज,लोकल खुखुरा,बदेल,लाइभ बारबेक्‍यू,तन्दुरी,कवाब मम,पानीपुरी लगाएतको मासुको उत्कृष्ट परिकारको स्टल एवं प्रदर्शनी थरिथरिका पेय पदार्थ तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिनु भयो ।

खाना पारखीका लागि अन्य भेन्यु भन्दा अझ पृथक रहेको यस खाँडादेवी फूडल्याण्ड लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको अति नै आकर्षक छ । घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी प्याकिङ सुविधा, मनोरम शान्त बाताबरणमा,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ।

२ वटा हलहरुमा एक साथ पार्टी गर्दा १५०० सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ । नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो,बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।

हेर्नुस् भिडियो
:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *