डाडागाउँ चिनाउने ग्रीन भ्याली रिसोर्ट

२०८० श्रावण १३, शनिबार १५:४० गते २०८० श्रावण १३, शनिबार १५:४० गते २०८० श्रावण १३, शनिबार १५:४० गते

काठमाडौ ।प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ ।

राजधानीको कोलाहल,अनावश्यक तनावबाट सहरलाई छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य,विभिन्न प्रजातिका वनस्पति र जीवजन्तुहरू अवलोकन गर्ने काठमाडौ उपत्यकाबाट सबैभन्दा नजिकको गन्तव्य हो ग्रीन भ्याली रिसोर्ट ।

महाराजगन्जबाट ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै ५.५ किलोमिटर पहाडको टुप्पोमा प्रकृतिको अवलोकनका साथै मनोरम शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ ग्रीन भ्याली रिसोर्ट।

रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ । २० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा फेमिली डिलक्स,डिलक्स डवल, डिलक्स ट्विन, र सुपर डिलक्स गरी ३६ कोठाहरु रहेका छन् ।

यहाँ एकैपटक १०५ जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न कोठा पारिवारीक र अफिसियल पिकनिक, क्याम्प फायर र लाइभ बारबेक्यू सभा,सम्मेलन तथा कार्यक्रमका लागि पनि आकर्षक अफरसहितको सुविधा प्रदान भइरहेको रिसोर्टका माहा प्रबन्धक गणेश श्रेष्ठले बताउनुभयो । यहाँ करीब ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *