प्रकाश कटुवाल र सिर्जु अधिकारीको तिज कोसेली ‘नाठो पोइ’ सार्वजनिक (भिडियाेसहित)

२०८० श्रावण २०, शनिबार २०:४६ गते २०८० श्रावण २०, शनिबार २०:४६ गते २०८० श्रावण २०, शनिबार २०:४६ गते

काठमाडाैं।चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको तिज गीत “नाठो पोइ” सार्वजनिक भएको छ।

प्रकाश कटुवालकाे युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे गीतमा प्रकाश कटुवालकै मौलिक शब्द रहेका छन्। गीतमा स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन्। गीतमा कटुवाल सङ्गै चरचित तथा लोकप्रिय गायिका सिर्जु अधिकारीको कर्णप्रिय आवाज रहेको छ ।

चर्चित गायक कटुवालसँगै कलाकारहरू नेहा गौतम, साजन बाँस्कोटा, शोभा विश्वकर्मा, राम चन्द्र अधिकारी र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ । प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज चरचित संगीतकार बीबी अनुरागीले गरेका छन्।

गीतमा अहिले पछिल्लो समयमा गाउँ समाजमा भईरहेका यथार्थ कुरालाई झल्काउन खोजिएको छ । दाजु बहिनीको पात्रबाट अभिनीत भिडियोमा भाइले दिदीलाई नाठो पोइ सङ्ग उठ्बस गरेको र भिनाजु विदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि विदेशीको श्रीमती सङ्ग लागेको दिदीले दर्साएको बुझ्न सकिन्छ ।

गीतमा बेला बेलामा प्रकाश कटुवालको ठट्यौली पना मिसिए सङ्गै गोप्ते काजीको कमेडी बोली र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ ।

उसो त प्रकाश कटुवाल र सिर्जु अधिकारीले यसअघि छेकेन जामाले, पहिलो बेसार लगायत सफल गीतहरू बजारमा ल्याई सकेका छन्।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *