नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा सम्पन्न

२०८० भाद्र २६, मंगलवार २०:२८ गते २०८० भाद्र २६, मंगलवार २०:२८ गते २०८० भाद्र २६, मंगलवार २०:२८ गते

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा बिजुलीबजारको क्रिष्टल पार्टी भेन्युमा आज कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष चन्द्र साउदको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष साउदले नेपाली उपभोक्ता संरक्षण महासंघ राष्ट्रिय प्रकृतिको संस्था भएकोले राष्ट्रिय ऐनमा दर्ता गर्नुपर्ने, नेपाली उपभोक्ता संरक्षण महासंघको राज्यका सम्बन्धित सवै निकायमा अनिवार्य प्रतिनिधित्व सहितअधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्नुपर्ने, राज्यका सम्बन्धित निकायमा समन्वय गरि अनुगमन गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने कानूनी व्यवस्था गर्नुपर्ने, सबै खाले भ्रष्ट, कालोबजारीया लाई कडा कारवाहि गरि, उनिहरुको सम्पती र राज्यको नियन्त्रणम रहेका चलरअचल सम्पती निश्चित समय तोकी राज्यकोषमा दखिला गर्ने कानून निर्माण गर्नु पर्ने जस्ता माग राखेर कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लाई ज्ञापन पत्र बझाउनु भएको थियो ।

प्रमुख अतिथिको वक्ताको रुपमा बोल्दै कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेका नेताहरुले माईक पाएपछि छोड्नै नमान्ने र भाषण छाट्दैमा देशको बिकास नहुने भन्दै ब्यङ्ग्य समेत गर्नु भएको थियो । मन्त्री गुरुङले जति अनुगमन गरे पनि नेपाली उपभोक्ताले सधैंभरी ठगिईरहनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको तथ्यलाई स्विकार गर्दे ,यस्तै सामाजिक काम गर्ने संस्थाहरुबाट आफुले पनि केहि अपेक्षा गरेको र राम्राकाम गर्ने संघ संस्थाहरुलाई सधैं सरकारले साथ र सहकार्यगर्ने प्रतिबद्धता समेत जनाउनु भयो । जति जे जे भनेपनि मन शुद्ध नभए सम्म केहि पनि सुधारको अपेक्षागर्न नसकिने भन्दै मन्त्री गुरुङले चाँडै धनि बन्ने अभिलासा बोकेर बजारमा ब्यापार गर्न निस्किएका ब्यापारीहरुले यो बजारलाई सधै यस्तै गरेर चलाउन बिभिन्न तिकडमहरु अपनाउँदै आएको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यो महासंघ अहिलेको अत्याधिक आवश्यकताको बिषय भएकोले यसले गरेका कार्यहरुलाई समर्थन गर्दै अगाडी बढ्नुपर्ने र नयाँनयाँ योजना बनाएर बजारका बिकृतिहरु ह्टाउन पहल गर्नुपर्ने बताउनु भएको थियो । महासंघले कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समक्ष बुझाएको ज्ञापन पत्र जस्ताको तेस्तै ज्ञापन पत्र ्र मन्त्रीज्यू, नेपाली उपभोक्ता संरक्षण महासंघ ९ँल्ऋए० गृह मन्त्रालय मार्फत, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको राय सहितबाट, जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता, नेपाली उपभोक्ताको हकहितको लागि जनस्तरमा स्थापित एकमात्र सबै नेपालको छाता संगठन हो । नेपाली उपभोक्ता संरक्षण महासंघ, देशमा भइरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन र अखाद्य वस्तु तथा सेवाका विरुद्ध थप प्रभावकारी कार्य गर्नका लागि देशका ७ प्रदेश, ७७ जिल्ला र सबै स्थानीय तहमा जनमत संकलन गरी खबरदारीको लागि जनस्तरको संगठन विस्तारको प्रक्रियामा रहेको सहर्ष जानकारी गराउँछौं । जनस्तरको संगठन मार्फत स्थानिय तह देखि राज्यका विभिन्न निकायमा खवरदारी गर्न उपभोक्ताको प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गरि देशमा सुशासन, स्वस्थ खाद्यवस्तु, गुणस्तरीय सेवा लगायतको सूनिश्चितता गर्न र देशमा समृद्धि ल्याउन अति आवश्यक भैसकेकोले, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेत्तृत्व गरीरहनु भएका माननीय मन्त्रीज्यू समक्ष आम उपभोक्ताले भोग्नु परेका समस्या समाधान र सरकारका निति नियमको कार्यान्वयनमा सहयोग गर्नको लागि नेपाली उपभोक्ता संरक्षण महासंघको तर्फबाट तपशिल अनुसार माग गर्दछौं ।

मागहरु १ नेपाली उपभोक्ता संरक्षण महासंघ राष्ट्रिय प्रकृतिको संस्था भएकोले राष्ट्रिय ऐनमा दर्ता गरियोस । २ नेपाली उपभोक्ता संरक्षण महासंघको राज्यका सम्बन्धित सवै निकायमा अनिवार्य प्रतिनिधित्व सहितअधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गरियोस् । ३ राज्यका सम्बन्धित निकायमा समन्वय गरि अनुगमन गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने कानूनी व्यवस्था गरियोस् । ४ सबै खाले भ्रष्ट, कालोबजारीया लाई कडा कारवाहि गरि, उनिहरुको सम्पती र राज्यको नियन्त्रणम रहेका चलरअचल सम्पती निश्चित समय तोकी राज्यकोषमा दखिला गर्ने कानून निर्माण गरियोस् । चन्द्र साउद

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *