विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेशमै उद्यमी बनाउने मेरो उद्देश्य : आरके शर्मा,अध्यक्षका प्रत्याशी

२०८० आश्विन ३, बुधबार १९:५९ गते २०८० आश्विन ३, बुधबार १९:५९ गते २०८० आश्विन ३, बुधबार १९:५९ गते

असोज ३ – युएसए,गैर आवासिय नेपाली संघ(एनआरएनए) को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासि राजेन्द्र कुमार शर्मा (आरके) ले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन ।

एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनिहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चीत गर्ने बताए ।
अहिलेसम्म विदेशमा मेहनत गरेर केहि व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउँदै उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदिबहिनिलाई सके उद्यमी बनाउने नसके उनिहरुको आर्थिक अबस्थालाई उनिहरुले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था समुन्नत गराउन सामुहिक लगानी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाईदा पुग्ने र उनिहरुको भविश्य सुरक्षीत रहने गरि योजना बनाउन ढीला भैसकेको छ, अबको पहिलो आवश्यकता नै यहि हो ।‘

वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका हुन । जापान,कोरिया,हङकङ,
क्यानडापछि युएसएको स्थलगत भेटघाट कार्यक्रममा पुगेका शर्माले भर्मणबाट आफू एकदम उत्साहित भएको बताए । उनले आफ्नो नेतृत्वलाई विश्वले स्विकारेकाले आफ्नो जित सुनिश्चित भएको जनाउदै आफू यस अभियानमा आमुल परिवर्तन गराउने ऊद्देश्यन बोकेर आएकाले आफ्नो अभियानलाई समर्थन गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरु र अभियन्ताहरुलाई अनुरोध गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *