दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

२०८० आश्विन ८, सोमबार २१:१० गते २०८० आश्विन ८, सोमबार २१:१० गते २०८० आश्विन ८, सोमबार २१:१० गते

काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो ।

मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।
संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *