पाण्डेको प्रमुख आतिथ्यमा भारतको चण्डीगढ़मा मनाइयो ११०औँ वीपी जयन्ति

२०८० आश्विन ९, मंगलवार १२:१४ गते २०८० आश्विन ९, मंगलवार १२:१४ गते २०८० आश्विन ९, मंगलवार १२:१४ गते

चण्डीगढ़- नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ़ आयोजनामा नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औ जन्म जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

क्षेत्रीय अध्यक्ष खुम प्रसाद काफ्ले सभाध्यक्षमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बरिस्ठ समाजसेवी बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको हो।

प्रमुख अतिथी पाण्डेले सभालाई सम्बोधन गदै बि.पी कोइराला को ११० औं जयन्ति मनाउनु केवल विपी कोइरालाको सम्झना मात्रनभयर नेपाली साहित्य लाई बचाउनु पनि हो भन्दै विपी कोइरालाको साहित्यक जीवनीको बारेमा विभिन्न कुराहरु माथि पनि पाण्डेले चर्चा गर्नु भयो । जनसम्पर्क समिति आफ्नो लागी सवथोक भएको वताउनु भएको छ ।

पाण्डेले भारतमा कार्यरत नेपालीहरुले आफ्नो सीप ,आफ्नो लगानी ,भारतमा भएको सबै खाले समन्धलाइ सदुपयोग गर्दै नेपालमा समृद्धि , रोजगारी बिकासमा योगदान दिन अनुरोध गर्नु हुदै नेपालमै शिक्षा ,स्वास्थ , रोजगार , उद्योग नभएकोले हामी नेपाल छोडी बिदेशीन परेकोले नेपालमा दक्ष युवा नरहेको दिनहु जसो वाकसमा लास आउने कुराले आफू धेरै चिन्तित रहेको बताउनुभयो ।

प्रबासमा बस्ने नेपाली हरुले देशमै रोजगारी उधोग कारखाना समृद्धि नेपाल बनाउने हामी सबैको दाइत्व भएको भन्दै सबै मिलेर यो महान अभियानमा लाग्ने अनुरोध गर्नु भएको थियो ।

सभामा विशिष्ट अतिथी केन्द्रीय उपाध्यक्ष कमल सापकोटा,सह महामन्त्री जिवलाल भट्टराई, प्रवक्ता उमेश प्रसाद काफ्ले, सम्पादक तारा प्रसाद बेलवासे निवर्तमान उपाध्यक्ष एवं सल्लहाकार सदस्य धर्मागत काफ्ले केन्द्रीय सदस्य एवं कार्यालय सचिव तारापति न्यौपाने केन्द्रीय सदस्य कमल डाँगी महाधिवेशन प्रतिनिधि एवं पुर्व केन्द्रिय सदस्य आनन्द न्यौपाने महाधिवेशन प्रतिनिधि पुर्व केन्द्रिय सम्पादक प्रेम बहादुर सन्तोषी हास्य कलाकार मिलन सापकोटा पत्रकार दिलीप घिमिरे, क्षेत्रीय क्षेत्रीय प्रमुख सल्लाहकार राजु चन्द,समन्वयसमिति सदस्य वसुंधरा काफ्ले कार्यक्रम संचालक क्षेत्रीय महासचिव गोविन्द प्रसाद भट्टराई तथा नेजस पश्चिमोत्तर क्षेत्रीय समिति का पदाधिकारी सदस्य शाखा समिति का पदाधिकारी तथा सदस्य महिला समिति का पदाधिकारी तथा सदस्य एवं ने.बि. संघ का पदाधिकारी तथा सदस्य बालकलाकार बालबालिका तथा नेजस परिवारको उपस्थित रहेको थियौ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *