व्यावसायिक सेफ थापा सिल्भर ह्याट अवार्डबाट सम्मानित

२०८० आश्विन २०, शनिबार ०८:०८ गते २०८० आश्विन २०, शनिबार ०८:०८ गते २०८० आश्विन २०, शनिबार ०८:०८ गते

 पश्चिम बंगाल। विश्वभर नेपाली खाना, पर्यटन र सांस्कृतिक प्रवर्द्धन गर्न निरन्तर लागि परेका विगत तीन दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध व्यावसायिक सेफ रामशरण थापा “ सिल्भर ह्याट अवार्डबाट सम्मानित भएका छन। भारतको पश्चिम बंगालको रोयल बंगाल मास्टर शेफ २०२३ संगठनको आयोजनामा १,२,३ अक्टोबर-२०२३ मा कोलकातामा सम्पन्न भएको साउथ एसियन ईन्टरनेटनेसनल कुलिनेरी आर्ट प्रतियोगितामा मास्टर शेफ थापा सिल्भर अवार्डबाट सम्मानित गरिएको हो। सम्मानित थापा स्वदेश तथा बिदेशी गरी दर्जनौ विभिन्न होटल,रिसोर्ट ,रेस्टुरेन्ट एवम् हस्पिटालिटी प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन। हाल अमेरिकाको इन्डोचेन अलेक्जान्ड्रिया क्यामरून स्टेशन भर्जिनिया,इन्डोचेन अलेक्जान्ड्रिया ओल्ड टाउन, भर्जिनिया, हार्बर तन्दुर बाल्टिमोर, मेरील्याण्डमा रेस्टुरेन्ट संचालन गर्दै आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा पनि उनी सकृय छन्। हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने सेफ थापा दर्जनौं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *