एनआरएनएको सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी

२०८० आश्विन २७, शनिबार १८:१५ गते २०८० आश्विन २७, शनिबार १८:१५ गते २०८० आश्विन २७, शनिबार १८:१५ गते

काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत पुडासैनी सक्रिय छन।

नुवाकोट जिल्लामा जन्मेर विगत २२ वर्षदेखि सपरिवार बेलायतमा बसोबास। एनआरएनए-युकेको स्थापना कालदेखि सक्रिय र विभिन्न समयमा सल्लाहकार। २०२१-२३ को ICC सदस्य। ‘यति नेपाली एसोसिएसन युके’को दुई कार्यकाल महासचिव (२००४-२००६, २००६-२००८)। सिनियर स्वास्थ्यकर्मीका रूपमा बेलायतमा कार्यरत। भूकम्प र कोभिड कालमा नेपालमा उल्लेखनीय योगदान। बेलायतको ट्रेड युनियन गतिविधिमा सक्रिय सहभागिता र कार्यक्षेत्रमा भएका समस्याका लागि स्वयंसेवा र सहजकर्ता। समाज परिवर्तनमा लामो समयदेखि सक्रिय।

योजना

NRNA मार्फत धेरै राम्रा काम भएका छन्। बेलाबेला नेतृत्वका लागि हुने गरेको अस्वस्थ, पद प्राप्तिका अप्रिय प्रतिस्पर्धाहरूका कारण यसको इमेजमा धक्का पुगेको छ। अतः यसको इमेज सुधारी संस्थाको रिब्रान्डिङ गर्ने। वृहत् राष्ट्रियता (Extented Nationalism) को प्रमोट गर्ने। विदेशमा रहेका सबै नेपालीबीच संस्थालाई पुर्‍याउने। अधिकतम ‘एकेडेमिक’ व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने। संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने। महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने। एनआरएनलाई खास गरी जलस्रोत र पर्यटनमार्फत नेपाल बदल्ने अभियान बनाउने। रेमिट्यान्स कानुनी तरिकाले लैजानुपर्छ भन्नेमा जोड दिने। Grassroot को कुरा सुन्ने, Grassroot सम्म पुग्ने।

अपिल

६ जना निर्वाचित हुने सचिव पदमा मलाई पनि १ भोट दिनुहुन सादर अनुरोध छ। ४२ सय ६० प्रतिनिधिसम्म म पुग्न नसकेको हुनसक्छु। सबैमाझ मेरो आह्वान पुर्‍याइदिनुहुन समेत अनुरोध गर्दछु। जय मातृभूमि। जय एनआरएन अभियान।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *