“ईनास मेरिल्याण्डको कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट!”

२०८० मंसिर २, शनिबार ०९:१० गते २०८० मंसिर २, शनिबार ०९:१० गते २०८० मंसिर २, शनिबार ०९:१० गते

अन्तराष्ट्रीय कलाकार संगठन (ईनास ) मेरिल्याण्ड च्याप्टरको शूभ – दीपावली शुभकामना कार्यक्रम र देउसी भैलो एउटा बेग्लै इतिहास रच्दै भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ईनास मेरिल्याण्ड ले सहयोग गर्ने सम्पुर्ण सहयोगीहातहरू सवै धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत, विशिष्ट अतिथि डेलिगेट डा. ह्यरी भन्डारी, विशिष्ट अतिथि ईनास केन्द्र अध्यक्ष राहुल के .सी . विशिष्ट अतिथि ईनास केन्द्र प्रवक्ता गोपाल चन्द्र लामीछाने , विशिष्ट अतिथि INAS Maryland का संरक्षक तथा निःवर्तमान अध्यक्ष गायक सृजन ताम्राकार, विशिष्ट अतिथि ईनास MD संरक्षक तथा वानाका अध्यक्ष शुवोध विलास पन्थ, विशिष्ट अतिथि अध्यक्ष निर थापा, विशिष्ट अतिथि वाना उपाध्यक्ष भीम के सी, विशिष्ट अतिथि अमर छन्त्याल मोना संस्थापक अध्यक्ष अमेरिका , पर्वत समाज अध्यक्ष तथा ईनास MD सल्लाहाकार रविन शर्मा को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण रहेको लाईभ म्यूज़िकका सम्पुर्ण संगीतकर्मी कलाकार साथीहरु जसको महिनौको अथक मेहनत र समर्पणको उच्च मुल्यांकन गर्दै बाधबाधक म्यूजिसियनहरू किवोडमा वरिष्ठ गायक तुलसी पराजुली, ड्रमर राजेश खड्गी , वासुरीवाधक गायक अमृत रामदाम , रिदममा गायक राजु ढंगेल र खिम मस्रंगी गीतारमा सुजन रामदाम, सारंगी वाधक विराज रामदाम हार्मोनियममा ईनास MDका अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल साथै लाईभ गायन महिलामा अन्जना गुरूगं, शान्ती भन्डारी, कल्पना देवकोटा , स्वरूपा रसाईली र उषा लामा लगायत सम्पुर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।

कार्यक्रममा नृत्य निर्देशक तथा डाइरेक्टर शिव विक, उषा लामा, प्रवेश उप्रेती “पल” माधवी भण्डारी (माधवी डान्स सेन्टरका कलाकारहरु), रूवी पौडेल र प्रशन्न पौडेलले विभिन्न नेपाली मौलिक नृत्यहरु प्रस्तुत गरेको थिए । कार्यक्रममा चर्चित हास्यकलाकार शिवहरि पौडेल, खेम शर्मा अन्जु थापाको समुहले सन्देशमुलक प्रहसन प्रस्तुत गरेका थिए। कार्यक्रममा चर्चित लोकगायक भगवान भण्डारी, गायिका रानी शाक्यको विशेष प्रस्तुती प्रस्तुत रहेको थियो। कमेडियन महादेव त्रिपाठीको आफ्नो उत्कृष्ट प्रस्तुतिले सवैलाई हसाँएका थिए । यता कार्यक्रममा ईनास MD सल्लाहकार तथा रियल्टर प्रविन भन्डारीले स्टेचमा नाँच्दा उता दर्शकदिर्धामा रहेका दाजु डेलीगेट डा. भण्डारी खुसीले गदगद देखिन्थे ।

कार्यक्रममा साउण्ड सिस्टममा डीजे मोहन गुरुङ, ईभेन्टमा नाम्लो ईभेन्टसका विक्रान्त श्रेष्ठ, दिलीप श्रेष्ठ,फोटोग्राफीमा सुशील पंगेनी, खाना तथा भान्सा व्यवस्थापनमा फेमली किचन परिवारको साथ र सहयोग रहेको थियो ।

“शुभ दिपावली शुभकामना साँझ” औपचारिक कार्यक्रमको सभापतित्व ईनास MD का अध्यक्ष लक्ष्मण पौडेलले गरेका थिए भने कार्यक्रम संचालन गायक तथा मोडल सज्जन वोहोराको गरेको थिए । “शुभ दिपावली शुभकामना साँझ” कार्यक्रममा कलाकारहरु संयोजक कलाकार राजु ढंगेल र कार्यक्रम संयोजन गायिका तथा मोडल शान्ती भण्डारीले गरेका थिए भने कार्यक्रमको अन्तमा उनले मन्तव्य मार्फत सवैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

श्रोतादर्शकहरु व्यापक सहभागिता रहेको उक्त कार्यक्रमको बारेमा कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतज्युले आफ्नो समाजिक सञ्जाल फ़ेसबुक मार्फत यसरी खुलेर प्रशंसा गरेका थिए । जस्ताको तस्तै –

“कलाकारहरूको संगठन ईनास मेरिल्याण्डलाई हार्दिक बधाई ।

शुभ दीपावलीको उपलक्ष्यमा हिजो अमेरिकाको बाल्टिमोरमा आयोजना गरिएको देउसी भैलो अर्थात् सांस्कृतिक कार्यक्रम अहिले सम्मकै उत्कृष्ट रह्यो।आठ बजे देखी १२ बजे सम्म लगातार कार्यक्रम हेर्दा कहिं कतै बोरै नलाग्ने यति राम्रो,रमाईलो र सभ्य प्रोग्राम निकै कम हुने गर्छ।यस्तो भब्य कार्यक्रम हेर्ने र उद्घाटन गर्ने मौका दिने ईनास का नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेल भाई,कलाकार संयोजक राजु ढुंगेल छोरा,कार्यक्रम संयोजक शान्ती भण्डारी बैनी र सम्पूर्ण आयोजक टिम प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।साथ मा बानाका अध्यक्ष सुबोध पन्त, ईनास अमेरिका का अध्यक्ष राहुल के सी, मेरा साथीहरू खेम शर्मा, शिब हरि पौडेल,शान्ती भण्डारी, ढाका राम भाई, अन्जु बैनी र सबै दर्शक ज्यूहरूलाई धन्यवाद ।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *