खेलकुद र शिक्षालाइ समायोजन गर्दै राष्ट्रिय ,अन्तराष्ट्रिय खेलाडी बनाउन पर्ने मन्त्री चित्राकारको जोड

२०८० फाल्गुन १४, सोमबार १७:२२ गते २०८० फाल्गुन १४, सोमबार १७:२२ गते २०८० फाल्गुन १४, सोमबार १७:२२ गते

पदम राज पौडेल, ललितपुर

वागमती प्रदेश उद्योग वाणिज्य मन्त्री रामकृष्ण चित्राकारले खेलकुद र शिक्षालाइ एकापासमा संयोजन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै नेपाललाइ विश्व सामु चिनाउनु पर्ने वताउनु भयो।

ललितपुरको कुमारीपाटीमा ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुलद्धारा अयोजित दोस्रो ओमेगा अन्तर विद्यालय च्याम्प्यानसिप कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी चित्राकारले सो करामा जोड दिनु भएको हो।

वागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा राष्ट्रिय वाल अधिकार परिषदका सदस्य सचिव इन्द्रा देवी ढकाल,ललितपुर महानगर पालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले वालवालिकाहरुलाइ पढाइ संगै खेलकुद जस्ता क्रियाकलापमा सरिक गराउदा उनिहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरामा जोड दिनु भयो ।

ओमेगा अन्तर विद्यालय च्याम्प्यानसिप कार्यक्रममा प्रतियोगितामा ६ स्वर्ण,९ रजत र २३ काश्य पदक सहित ओमेगा स्कुल टिम च्याम्प्यनसिप बनेको छ। द्धितिय फुल्चोकी मावि,तृतिय सन्तानेश्वर विद्या मन्दिरले हासील गर्न सफल भएको छन।

जिल्लाका विशिष्ट कोच, प्रशिक्षक ,प्रशिक्षार्थी, विद्यार्थी अभिभावकको उपस्थितीमा आयोजित प्रतियोगितामा बज्र एकेडेमी,एभेन्स स्कुल, उन्नति स्कुल, काष्ठमण्डप स्कुल, सत्य साइ शिक्षा सदन लगायत ८ वटा विद्यालयहरुको सक्रिय सहभागीता रहेको ओमेगा सेकेन्डरी स्कुलमा सह प्र अ भरत सिंह धामीले वताउनु भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *