जन्मदिनको खर्च कटाएर अभियान्ताको उपचारमा सहयोग

२०८० फाल्गुन १८, शुक्रबार १८:२७ गते २०८० फाल्गुन १८, शुक्रबार १८:२७ गते २०८० फाल्गुन १८, शुक्रबार १८:२७ गते

काठमाडौं । आतिथ्य सेवा उद्योगका एक विज्ञ एवं अनुसन्धानधाता ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक गणेश श्रेष्ठले आफ्नो जन्म दिनका अवसरमा रैथाने खाना खोजका अनुसन्धानमा लागि परेका अभियन्ता एवं सेफ प्रेमलाल घिसिङलाई आर्थिक सहयोग गरेका छन् ।

श्रेष्ठले एक दशकदेखि नेपाली खानाको खोज तथा अनुसन्धानमा लागि परेका नेपाली रैथाने परिकारका अभियान्ता भनेर चिनिएका प्रेम लाल घिसिङको उपचारका लागि आफ्नो जन्म दिनको खर्च कटाएर नगद ५५०० रुपैंया अन्य कर्मचारीबाट संकलित रकम १५०० सहयोग गरेका हुन् ।

एक दशक बढी देखि नेपाली खानाको खोज तथा अनुसन्धानमा लागि परेका घिसिङ्ग चौरासी ब्यञन थालीका सोधकर्ता पनि हुन। पछिल्लो समय उनि आन्द्राको क्यान्सरका कारण पुर्ण रुपमा थलिएर अस्पतालको बेडमा ढलेका छन । नेपाली खानाका अभियान्तालाई बचाउनु पर्छ भन्ने अभियानका साथ संसारभरका नेपालीहरुले साथ र सहयोग जुटाउन थालेका छन। लामो समय अस्पतालमा बस्नु परेका कारण उनलाई आर्थिक रुपमा ठुलो संकट आइपरेको छ ।

आफुलाइ राम्रो भए बाकी जीबन यही नेपाली रैथाने खानाको उथ्थान र अन्तरराष्ट्रिय स्तरमा चिनाउने काममा आफ्नो बाकी जीबन समर्पित गर्ने उनको सपना छ। मैले गर्न धेरै बाकी छ मात्र म तग्रीनु पर्यो उनले मनिलो स्वरमा अस्पतालको बेडबाट भेटमा बताए। युबा उमेरमै यस्तो डरलाग्दो र खर्चीलो रोग लागे पश्चात निकै निराश देखिएका छन। रोगले जति नै थलाए पनि उनको मन मस्तिष्कमा भने उनै नेपाली रैथाने खाना र गाउले जन जीबन घुमि रहेको हुन्छ ।

नेपाली रैथाने परिकारको सन्कलन तथा खोज अनुसन्धानका लागि उनले नेपालको मेची महाकाली यात्रा गरेर रैथाने परिकारको सुचीलाइ पुस्तकमा प्रकाशन सम्म गर्न सकेका छैनन। भन्छन मलाइ स्वास्थ्य लाभ हुनासाथ मेरो पहिलो प्राथमिकतामा पर्ने काम यहि हुने छ। मात्र म ठिक हुनु पर्यो मैले थाति राखेका काम अन्तिम चरणमा थिए एक्कासी मेरो अबस्था यस्तो भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *