खाँडादेवी फूडल्याण्डमा होली विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

२०८० चैत्र १२, सोमबार १८:२६ गते २०८० चैत्र १२, सोमबार १८:२६ गते २०८० चैत्र १२, सोमबार १८:२६ गते

काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा होली विशेष सांस्कृतिक कार्यक्रम हर्षोल्लास पूर्वक धूमधामका सम्पन्न भएको छ ।

माैलिक फिल्म्स,खाँडादेवी फिल्म्स र फूडल्याण्डको सयुत्त आयोजनामा सम्पन्न कार्यक्रममा खानाका विभिन्न परिकारहरुको स्टल, खानाको अनेकौं स्वाद, रंग र संगीतको सुर तथा तालमा नेपाली सांगितिक क्षेत्रका चर्चीत एवं ख्यातिप्राप्त कलाकारहरुको लाइभ दोहोरी,कल्चर डान्स लगाएतको बृहत होलि साङ्गीतिक लगाएत विविध कार्यक्रमहरु गरिएको थियो ।होलीको सांस्कृतिक पक्षको महत्व उजागर तथा सदभाव एकआपसमा फैलाउने नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन बिगतका बर्ष झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिनु भयो ।

खाना पारखीका लागि अन्य भेन्यु भन्दा अझ पृथक रहेको यस खाँडादेवी फूडल्याण्ड लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको अति नै आकर्षक छ । घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी प्याकिङ सुविधा, मनोरम शान्त पारिवारिक बाताबरणमा,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था रहेको छ।

२ वटा हलहरुमा एक साथ पार्टी गर्दा ८०० सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ । नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो,बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *