नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तिवारी सम्मानित

२०८१ असार ६, बिहीबार १७:४८ गते २०८१ असार ६, बिहीबार १७:४८ गते २०८१ असार ६, बिहीबार १७:४८ गते

काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा युवा व्यवसायी धुर्ब तिवारी सम्मानित भएका छन् ।

बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच तिवारीलाई सम्मान गर्नु भएको हो। सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा तिवारी विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । प्रखर वक्ता, तिवारी दुग्धजन्य लगाएत अन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् ।

सम्मानप्रति आभार व्यक्त गर्दै तिवारीले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *