सामाजिक व्यक्तित्व गणेश केसी सम्मानित

२०८१ भाद्र ४, मंगलवार २१:०१ गते २०८१ भाद्र ४, मंगलवार २१:०१ गते २०८१ भाद्र ४, मंगलवार २१:०१ गते

बैंकक – सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरि मुलुकलाई योगदान पुर्यायाउनु भएमा केसी सम्मानित भएका हुन्।

सम्मानित सामाजिक व्यक्तित्व गणेश केसी संक्षिप्त परिचय

चितवनमा जन्मिएर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका केसी विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।

नेपालीहरुका समस्यामा हरदम साथ दिदै एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत भएका छन केसी ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएत एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प,नाकाबन्दी महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा गणेश केसीको सक्रिय रहदै आएका छन।

अदक्ष नेपालीलाई व्यवसायिक सीप तालिम दिएर दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान बढाउने अभियानको साथै हस्पिटालिटी क्षेत्रमा केसीको उच्च योगदानको रहेको छ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *