भरतपुर भ्रमण वर्षको अन्तर्राष्ट्रिय समन्वय सदस्यमा युरोपाटिका सम्पादक रेग्मी

२०८१ भाद्र १७, सोमबार २०:०१ गते २०८१ भाद्र १७, सोमबार २०:०१ गते २०८१ भाद्र १७, सोमबार २०:०१ गते

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ ।  नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाई अवधि वृद्धि गर्ने तथा दीगो पर्यटन विकासका लागि पत्रकार रेग्मीलाई सदस्य मनोनित गरिएको नगर प्रमुख दाहालले प्रदान गरिएको पत्रमा उल्लेख छ ।  महानगरले सामाजिक तथा आर्थिक परिवर्तन गर्ने उद्देश्यले बृहत अभियान स्वरुप भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको सन्दर्र्भमा निजी क्षेत्रसँगको सहकार्यमा पनि अभियान सञ्चालन भइरहेको नगर प्रमुख दाहालले रेग्मीलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।सोही अनुरुप विभिन्न उपसमिति गठन गरि प्रचारप्रसार गरिनुका साथै अन्य मूलुकमा बस्ने नेपालीहरुलाई पनि समट्दै अभियान भैरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *