काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाजको तेस्रो अधिवेशन सम्पन्न

२०८१ आश्विन १, मंगलवार १८:०६ गते २०८१ आश्विन १, मंगलवार १८:०६ गते २०८१ आश्विन १, मंगलवार १८:०६ गते

काभ्रेपलान्चोक अमेरिका कल्याणकारी समाजले आफ्नो तेस्रो अधिवेशन न्युयोर्कको क्विन्स ब्रीज पार्कमा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । काभ्रे जिल्लाबाट विभिन्न समयमा अमेरिक आइ विभिन्न पेशा व्यवसायमा अमेरिकभरी छरिएर रहेको सम्पुर्ण काभ्रेलीहरुलाइ एकवध्द गराउदै प्रत्येकको सुखदुःखमा साथ दिने मुख्य उद्देश्य सहित अमेरिकको न्युयोर्कमा सन २०१९ मा दर्ता भएको यस सस्थाले आफ्नो तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको हो ।

तत्कालीन अध्यक्ष उद्घव प्रसाद बजगाइको अध्यक्षतामा सप्पन्न भएको यस अधिवेशनमा सस्थाको प्रगति विवरण सचिव उद्धव प्रसाद हुमागाइ र आर्थिक प्रतिवेदन सस्थाकी कोषाध्यक्ष राधा प्यारी नकर्मीले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष नारायण प्रसाद तिमल्सिनाको स्वागत भाषणबाट शुरु भएको प्रहिलो चरणको कार्यक्रमलाई समापन गर्नु हुँदै कार्यक्रमको अध्यक्षता गरिरहनु भएको तत्कालीन अध्यक्ष उद्घव प्रसाद बजगाइले आफुले सम्पुर्ण काभेलीको सुखदुःखमा साथ दिने पवित्र उद्देश्यले यस सस्थाको स्थापना गरेको हुँदा अब आउने कार्यसमितिका सदस्यहरुले यही अनुरुप कार्य गर्ने विश्वास व्यक्त गर्नु हुँदै नयाँ कार्यसमितिको प्रक्रियाको लागि निर्वाचन अधिकृत राधाकृष्ण देउजालाई कार्यक्रम संचालनको जिम्मा दिनु भएको थियो । कार्यक्रमको उदघोषण सचिव उद्धव प्रसाद हुमागाइले गर्नु भएको थियो ।

यस अवसरमा समाजले एक भव्य पिकनिकको समेत आयोजना गरेको थियो । कार्यक्रमलाई विशेष बनाउन विभिन्न सास्कृतिक कार्यक्रमको साथै मनोरञ्जनका खेल समेत खेलाएका थिए ।

समाजको नयाँ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्नु हुँदै निर्वाचन अधिकृत राधाकृष्ण देउजा ले निम्न व्यक्तित्वहरु रहेका एघार सदस्यीय कार्यसमिति घोषणा गर्नु भएको थियो ।

अध्यक्ष नारायण प्रसाद तिमिल्सिना

उपाध्यक्ष राधा प्यारी नकर्मी

सचिव उद्धव प्रसाद हुमागाईं

कोषाध्यक्ष पुरुषित्तम बजगाइ

सह सचिव भगवती कार्की

सदस्यहरु

श्याम मगराती

सुनिता वैद्य

अक्कल बहादुर तामाङ लामा

प्रेम कुमारी पौडेल

पेशल ढकाल

गोपी प्रसाद ढुंगाना

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *